मुख्य समाचार
२५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका भारतीय फूल बरामद
२५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका भारतीय फूल बरामद

: सशस्त्र प्रहरी बलले झापाको भद्रपुर नगरपालिका–८ देवीबस्तीबाट २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका भारतीय फूल बरामद गरी नष्ट गरेको छ।

आइतबार दिउँसो १२ बजेतिर विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमाण्डमा खटिएको गस्ती टोलीले ११ हजार ३४२ थान सयपत्री फूलका माला र १२ बोरा कमलका फूल बरामद गरेको हो।

बरामद फूलमध्ये सयपत्री मालाको मूल्य २२ लाख ६८ हजार ४०० रुपैयाँ र कमलको फूलको मूल्य २ लाख ९५ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद फूलका माला प्रतिनिधिहरूको उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाको कार्यालय परिसरमा खाल्डो खनी पुरेर नष्ट गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिका–३ स्थित बसुन्धरामा कारले स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा घर भई काठमाडौं महानगरपालिका–३ बस्दै आएकी २७ वर्षीया ङबुदि शेर्पा श्रेष्ठ रहेकी छन्। नारायणगोपाल चोकबाट सामाखुसीतर्फ जाँदै गरेको बा.प्र. ०१–०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको बा.प्र. ०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट ...
: प्रधानमन्त्री बालेन शाहले चाडपर्वहरूले रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् भन्ने कामना गरेका छन्। नेपाल संवत्को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको बताएका हुन्। ‘नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको यस पवित्र अवसरमा देश तथा विदेशमा ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देउसी भैलो गाउँदै वर्तमान सरकार पाँच वर्षसम्म टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार देउसी–भैलो कार्यक्रमको अवसरमा आफ्नै निवासमा लामिछानेले देउसीको भाकामै सरकार पाँच वर्ष टिकाउने वाचा गरेका हुन्। उनले भने,‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’ देशमा पुनः आन्दोलन हुन सक्ने चर्चा भइरहेका बेला लामिछानेले देउसीकै भाकामा ...
। यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग (पिक लोड) १ हजार ८१३ मेगावाट पुगेको हो । उक्त समयमा देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ४००.३० मेगावाट रहेको थियो । आन्तरिक ...
। शिक्षा मन्त्रालयले विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु गरेको छ । शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो । शिक्षा विभाग (शैक्षिक सूचना व्यवस्थापन शाखा) ले सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाउँदै सामुदायिक विद्यालयहरूले चर्चेको सम्पूर्ण जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना ...