मुख्य समाचार
इजिप्टको गिजा सहरनजिकै दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ८८ जना घाइते
इजिप्टको गिजा सहरनजिकै दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ८८ जना घाइते

: इजिप्टको गिजा सहरनजिकै दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् ।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार दुर्घटनापछि उद्धार तथा उपचारका लागि ७२ वटा एम्बुलेन्स परिचालन गरिएको बिबिसिमा उल्लेख छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये एक जना रेल चालकसमेत रहेका छन् ।

रेलवे प्राधिकरणका अनुसार गिजाबाट कायरोको दक्षिणी क्षेत्र फायुमतर्फ गइरहेको रेलले कायरोबाट अस्वानतर्फ जाँदै गरेको अर्को रेललाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा रेलका केही डिब्बा लिकबाट खसेर सडक किनारको भिरमा पुगेका थिए । घटनास्थलमा उद्धार टोली र क्रेन परिचालन गरिएको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दुर्घटनाको तत्काल अनुसन्धान गर्न र दोषी देखिएकालाई कारबाही गर्न निर्देशन दिएका छन् ।

दुर्घटनापछि प्रभावित क्षेत्रका अस्पताललाई उच्च सतर्कतामा राखिएको छ । साथै गिजा र माथिल्लो इजिप्ट क्षेत्रबीच सञ्चालन हुने रेल सेवा स्थगित गरिएको बीबीसीले जनाएको छ ।

सन् २००२ मा पनि यही अल–अय्यात क्षेत्रमा रेलमा आगलागी हुँदा ३७० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाको मिसिसिपी राज्यमा सिनेट निर्वाचनको नतिजालाई लिएर विवाद चर्किएको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार स्कट कोलोमले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सिनेटर सिन्डी हाइड–स्मिथलाई झिनो मतान्तरले पछाडि पारेपछि मतगणना र सम्भावित पुनः मतगणनालाई लिएर विवाद बढेको बिबिसिले जनाएको छ । सोमबारसम्म ९७ प्रतिशत मतगणना सम्पन्न हुँदा कोलोम हाइड–स्मिथभन्दा करिब २ हजार ५०० मतले अगाडि छन् । ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको नतिजापछि अमेरिकी सेयर बजारमा एकै दिन ३ ट्रिलियन डलर बराबरको बजार मूल्य गुमेको दाबी गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत निर्वाचनको नतिजाले अमेरिका इतिहासमै धेरै कदम पछाडि धकेलिएको टिप्पणी गरेका हुन् । आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले निर्वाचनपछि ठूलो क्षति बेहोर्नुपरेको उनको दाबी ...
: बेलायती लेखक एम जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द इन्ड अफ एभ्रिथिङ’का लागि सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन्। ८१ वर्षको उमेरमा यो सम्मान पाउने उनी इतिहासकै सबैभन्दा पाका लेखक बनेका छन्। सोमबार लन्डनमा आयोजित एक विशेष समारोहमा उनलाई ५० हजार पाउन्डको पुरस्कार राशि प्रदान गरिएको छ। विज्ञान कथा तथा काल्पनिक विधामा कलम चलाउँदै ...
एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक दलमा सहभागी हुुने भएको छ । यससँगै उनी चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिक बन्नेछन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाइना म्यान्ड स्पेस एजेन्सीले ती पाकिस्तानी अन्तरिक्ष यात्रीले अन्तरिक्ष कक्षमा छोटो अवधिको उडान पूरा गर्ने जनाएको छ । त्यसपछि उहाँ ‘शेन्झोउ–२३’ अन्तरिक्ष यानमार्फत पृथ्वीमा ...
। पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा शनिबार साँझ भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले आइतबार दुर्घटनाबारे जानकारी दिएको हो । प्रहरीका अनुसार काबुललाई पूर्वी प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गअन्तर्गत कारघाई जिल्लाको माशली क्षेत्रमा तीव्र गतिमा रहेको एउटा सवारी साधनले तीनपाङ्ग्रे मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना ...