मुख्य समाचार
नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जिते
नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जिते

: नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ । हङकङसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो ।

चार टोली सहभागी प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित निकाल्यो भने दुई खेल वर्षाका कारण नतिजाविहीन बने ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा चीनसँग वर्षाका कारण नतिजा ननिस्किए पनि त्यसपछिका तीन खेलमा नेपालले लगातार जित निकाल्यो ।

तेस्रो खेलमा हङकङलाई ९२ रनले हराएको नेपालले चौथो खेलमा थाइल्यान्डलाई ५२ रनले पराजित गर्‍यो । पाँचौँ खेलमा घरेलु टोली चीनलाई ८४ रनले स्तब्ध पार्दै नेपालले उपाधि यात्रा बलियो बनाएको थियो ।

हङकङसँगको अन्तिम खेलमा नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा २ विकेट गुमाएर ८८ रन बनाएको थियो । खेल पूरा हुन नसकेपछि दुवै टोलीले अंक बाँडे र नेपाल शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान अयान मिसबाहले अविजित रहेर ७५ रन बनाए । यायिन राइले ३२ तथा अहमद खुदादले २४ रन ...
। १०औं राष्ट्रिय खेलकुदमा सूदूरपश्चिम प्रदेशबाट ७४४ खेलाडी सहभागी हुने भएका छन् । १०औं खेलकुदमा सूदुरपश्चिमले ३० खेलमा प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश छनोट प्रतियोगिता कात्तिक २८ देखि मंसिर १ गतेसम्म हुनेछ । साइक्लिङ, टेनिस, पौडी, सेपाकताक्रो र हक्कीमा छनोटविनै खेलाडीहरुले १०औं खेल्नेछन् । बाँकी खेलमा भने छनोट ...
: आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिकाअनुसार घरेलु टोली नेपालले प्रतियोगिताको उद्घाटन खेलमा इटालीसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमा आयोजना हुँदैछ। जसमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालले डिसेम्बर ४ मा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ...
: सन्धिखर्क नगरपालिकाको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। मंसिर १० गतेदेखि सञ्चालन हुने प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका टिमले सहभागिता जनाउने भएका छन्। सन्धिखर्क नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले प्रतियोगिता अर्घाखाँचीमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि भएको भलिबल प्रतियोगिताका रूपमा आयोजना गर्न लागिएको जानकारी दिएका छन्। प्रतियोगितामा प्रथम हुने ...
: नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १६औं खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ३९ रनको जित दर्ता गरेको छ। ४ अंक लिएर छैटौं स्थानमा रहेको सुदूरपश्चिम रोयल्स तेस्रो जितको साथमा ६ अंक लिएर दोस्रो स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतीमा १७६ रन बनाएको थियो। सूदूरपश्चिमले ...