मुख्य समाचार
अमेरिकाको मिसिसिपी राज्यमा सिनेट निर्वाचनको नतिजालाई लिएर विवाद
अमेरिकाको मिसिसिपी राज्यमा सिनेट निर्वाचनको नतिजालाई लिएर विवाद

: अमेरिकाको मिसिसिपी राज्यमा सिनेट निर्वाचनको नतिजालाई लिएर विवाद चर्किएको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार स्कट कोलोमले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सिनेटर सिन्डी हाइड–स्मिथलाई झिनो मतान्तरले पछाडि पारेपछि मतगणना र सम्भावित पुनः मतगणनालाई लिएर विवाद बढेको बिबिसिले जनाएको छ ।

सोमबारसम्म ९७ प्रतिशत मतगणना सम्पन्न हुँदा कोलोम हाइड–स्मिथभन्दा करिब २ हजार ५०० मतले अगाडि छन् । बाँकी मतको गणनाले निर्वाचनको अन्तिम परिणाम निर्धारण गर्ने भएकाले दुवै पक्षका कानुन व्यवसायीहरू कानुनी लडाइँको तयारीमा जुटेका छन् ।

मिसिसिपीका निर्वाचन अधिकारीका अनुसार अझै २ हजार ८०० भन्दा बढी हुलाकमार्फत पठाइएका अनुपस्थित मतपत्र गणना हुन बाँकी छन् । निर्वाचनकै दिनसम्म हुलाकको छाप लागेका यस्ता मतपत्र नोभेम्बर १० सम्म प्राप्त भएमा गणना गर्न सकिने व्यवस्था छ ।

त्यस्तै, परिचयपत्रसम्बन्धी समस्या भएका मतदाताले खसालेका १२ हजार ७०० भन्दा बढी अस्थायी मतपत्र पनि प्रक्रियामा छन् । ती मतदाताले आफ्नो परिचय खुल्ने आवश्यक कागजात बुझाउने अन्तिम समय पनि नोभेम्बर १० सम्म रहेको छ ।

हाइड–स्मिथको चुनावी टोलीले रिपब्लिकनको प्रभाव रहेका विभिन्न जिल्लामा हजारौं मत गणना हुन बाँकी रहेको भन्दै पुनः निर्वाचित हुने विश्वास व्यक्त गरेको छ । सन् २०१८ देखि सिनेटर रहेकी उनले बाँकी मत आफ्नो पक्षमा आउने दाबी गरेकी छन् ।

अर्कोतर्फ, कोलोमले ऐतिहासिक मतदान भएको उल्लेख गर्दै सबै मत गणना भएपछि आफूले यो सिट जित्ने विश्वास व्यक्त गरेका छन् । उनी निर्वाचित भए सन् १८७५ पछि मिसिसिपीबाट अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो अश्वेत उम्मेदवार बन्नेछन् ।

यसैबीच, दुवै पक्षका कानुन व्यवसायीले बाँकी अस्थायी मतपत्रको गणना प्रक्रियाबारे निर्वाचन अधिकारीलाई पत्र पठाएका छन् । हाइड–स्मिथको टोलीले राज्यका सबै ८२ काउन्टीमा अस्थायी मतपत्रलाई नियमित तथा अनुपस्थित मतपत्रबाट अलग राख्न र गणनासम्बन्धी अभिलेख सुरक्षित गर्न माग गरेको छ ।

तर, कोलोमको टोलीले यस्तो मागको कानुनी आधार नरहेको भन्दै मतदाताको गोपनीयता उल्लंघन हुन सक्ने चिन्ता व्यक्त गरेको छ ।

पुनः मतगणना हुने सम्भावना कति ?

मिसिसिपीमा मतान्तर निकै कम भए पनि स्वतः पुनः मतगणना गराउने निश्चित कानुनी व्यवस्था छैन । अन्य केही अमेरिकी राज्यमा झिनो मतान्तर हुँदा स्वतः वा उम्मेदवारको मागमा पुनः मतगणना हुने व्यवस्था भए पनि मिसिसिपीमा यस्तो प्रक्रिया न्यायाधीशको निर्णयमा निर्भर रहन्छ ।

कानुनविद्हरूका अनुसार मतपेटिका र त्यसमा रहेका मतपत्रको परीक्षण गर्न सकिने कानुनी बाटो भने उपलब्ध छ । यस्तो परीक्षणबाट अनियमितता फेला परेमा पुनः मतगणनाको माग उठ्न सक्छ ।

आवश्यक परे अमेरिकी सिनेटले पनि आफ्नो सदस्यको निर्वाचन र योग्यतासम्बन्धी विवादमा निर्णय गर्न सक्ने संवैधानिक अधिकार राख्छ ।

मिसिसिपीमा नोभेम्बर १३ सम्म निर्वाचन परिणाम प्रमाणीकरण गर्नुपर्ने समयसीमा रहेकाले त्यसअघि नै अन्तिम नतिजा सार्वजनिक गर्न दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको नतिजापछि अमेरिकी सेयर बजारमा एकै दिन ३ ट्रिलियन डलर बराबरको बजार मूल्य गुमेको दाबी गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत निर्वाचनको नतिजाले अमेरिका इतिहासमै धेरै कदम पछाडि धकेलिएको टिप्पणी गरेका हुन् । आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले निर्वाचनपछि ठूलो क्षति बेहोर्नुपरेको उनको दाबी ...
: इजिप्टको गिजा सहरनजिकै दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार दुर्घटनापछि उद्धार तथा उपचारका लागि ७२ वटा एम्बुलेन्स परिचालन गरिएको बिबिसिमा उल्लेख छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये एक जना रेल चालकसमेत रहेका छन् । रेलवे प्राधिकरणका अनुसार गिजाबाट कायरोको दक्षिणी ...
: बेलायती लेखक एम जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द इन्ड अफ एभ्रिथिङ’का लागि सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन्। ८१ वर्षको उमेरमा यो सम्मान पाउने उनी इतिहासकै सबैभन्दा पाका लेखक बनेका छन्। सोमबार लन्डनमा आयोजित एक विशेष समारोहमा उनलाई ५० हजार पाउन्डको पुरस्कार राशि प्रदान गरिएको छ। विज्ञान कथा तथा काल्पनिक विधामा कलम चलाउँदै ...
एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक दलमा सहभागी हुुने भएको छ । यससँगै उनी चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिक बन्नेछन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाइना म्यान्ड स्पेस एजेन्सीले ती पाकिस्तानी अन्तरिक्ष यात्रीले अन्तरिक्ष कक्षमा छोटो अवधिको उडान पूरा गर्ने जनाएको छ । त्यसपछि उहाँ ‘शेन्झोउ–२३’ अन्तरिक्ष यानमार्फत पृथ्वीमा ...
। पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा शनिबार साँझ भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले आइतबार दुर्घटनाबारे जानकारी दिएको हो । प्रहरीका अनुसार काबुललाई पूर्वी प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गअन्तर्गत कारघाई जिल्लाको माशली क्षेत्रमा तीव्र गतिमा रहेको एउटा सवारी साधनले तीनपाङ्ग्रे मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना ...