मुख्य समाचार
जेन्जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ
जेन्जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ

: जेन्जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको इनरुवा नगरपालिका -९ बस्ने २० वर्षीय आकाश कुमार खत्बेलाई प्रहरीले निजकै घरबाट पक्राउ गरेको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

उनले भने, 'सुनसरी जिल्ला अदालतको फैसलाले जबर्जस्ती करणी मुद्दामा १३ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएका खत्बे झुम्का कारागारमा १ वर्ष ८ महिना ६ दिन कैद भुक्तान गरी बसेका थिए। तर, भदौ २४ गते भएको जेन्जी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए।'

कारागारबाट फरार भई ११ वर्ष ३ महिना २४ दिन कैद र ५ लाख रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका खत्बेलाई प्रहरी टोलीलेआइतबार साँझ ६ बजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ परेका खत्बेलाई हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोरङको मिक्लाजुङमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। दुर्घटनामा परेर ६५ वर्षीया महिला गम्भीर घाइते भएकी छन्। मिक्लाजुङ गाउँपालिका–६ शान्ति टोलमा सोमबार दिउँसो भएको दुर्घटनामा अटो सडकबाट अनियन्त्रित हुँदै दुईवटा घरमा ठोक्किएको थियो। मधुमल्ला–टाँडी सडकखण्डमा दिउँसो साढे ३ बजेतिर प्रदेश १–०२–००३ ह ६५७ नम्बरको अटो दुर्घटनामा परेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर ...
: लोक आस्थाको महापर्व छठ पूजामा सरिक हुदैं नेपाली सनाले छठी माईलाई यसवर्षपनि सलामी अर्पण गर्ने भको छ। छठ पर्वको मूख्य दिन कात्तिक २९ गते आइतबार सँझिया घाटेका दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित घडिअर्वा छठघाटमा पुगेर सेनाको टोलीले छठी मैया र सुर्य भगवानलाई सलामी अर्पण गर्ने भएको हो। यसअघि दसैंमा सप्तमीका दिन मात्रै सेनाले ...
: पर्सा प्रहरीले पटका नियन्त्रण अभियान सञ्चालन गर्दै तीन दिनको अवधिमा करिब साढे तीन लाख रुपैयाँ मूल्य बराबरका विभिन्न ११ प्रकारका पटका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले यही कात्तिक २१ गतेदेखि सुरु गरेको विशेष अभियानका क्रममा ठूलो परिमाणमा आतिशबाजीजन्य विस्फोटक पदार्थ नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ...
: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताएका छन्। तिहार पर्व, २०८३ को शुभकामना सन्देश दिँदै पौडेलले पर्वले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको बताएका हुन्। ‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो। हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको छ। यस्ता पर्वहरूमध्ये तिहार नेपालीहरूको ...
: काठमाडौं महानगरपालिका–३ स्थित बसुन्धरामा कारले स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा घर भई काठमाडौं महानगरपालिका–३ बस्दै आएकी २७ वर्षीया ङबुदि शेर्पा श्रेष्ठ रहेकी छन्। नारायणगोपाल चोकबाट सामाखुसीतर्फ जाँदै गरेको बा.प्र. ०१–०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको बा.प्र. ०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट ...