: लोक आस्थाको महापर्व छठ पूजामा सरिक हुदैं नेपाली सनाले छठी माईलाई यसवर्षपनि सलामी अर्पण गर्ने भको छ। छठ पर्वको मूख्य दिन कात्तिक २९ गते आइतबार सँझिया घाटेका दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित घडिअर्वा छठघाटमा पुगेर सेनाको टोलीले छठी मैया र सुर्य भगवानलाई सलामी अर्पण गर्ने भएको हो।
यसअघि दसैंमा सप्तमीका दिन मात्रै सेनाले नवदुर्गा भवानीलाई सलामी दिने चलन रहेकोमा गत वर्षकाे छठ पुजादेखि नेपाली सेनाले वीरगन्जमा छठी मैया र सुर्य भगवानलाई सलामी अर्पण गर्न थालेको हो। वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको श्री श्रीजंग गणबाट प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा सेनाको वाद्यवादनसहितको परेड र मार्च गर्दै परिक्रममापछि घडिअर्वा छठघाटमा पुगेर सेनाको टोली छठघाट परिसरमा रहेको सुर्य भगवानको मन्दिरमा पुग्नेछ । त्यसपछि सेनाको टोलीले छठी मैया र सुर्य भगवान्लाई सेनाको विधि अनुसार सलामी अर्पण गर्ने प्रमुख सेनानी कार्कीले बताए।
छठ पूजा व्यवस्थापन समितिको आग्रहमा सेनाको टोलीले यसवर्ष पनि छठी माई र सुर्य भगवानलाई सलामी अर्पण गर्ने उनले बताए। छठ पर्वप्रतिको आस्था र लोकप्रियता बढ्दै गएको भन्दै उनले सेनाले सबै धर्मसंस्कृतिको सम्मान गर्दै आएको बताए।
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहले छठ पर्वको इतिहासमै गतवर्ष देखि सम्भवत पहिलो पटक नेपाली सेनाले छठी माईलाई सलामी दिन थालेको बताए । उनले भने,गत वर्ष गाँउबासीहरुमा सरसल्लाह गर्यौ। त्यसपछि सेनालाई आग्रह गर्यौ। सेनापनि सहमत भयो। यसपालिको छठ पूजामा पनि सेनाले उक्त परम्परालाई निरन्तरता दिन लागेकाे छ।´