मुख्य समाचार
पटाका पड्काउने क्रममा शरीरमा आगोले पोलेर घाइते भएका एक बालकको मृत्यु
पटाका पड्काउने क्रममा शरीरमा आगोले पोलेर घाइते भएका एक बालकको मृत्यु

: पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा शरीरमा आगोले पोलेर घाइते भएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्।

स्थानीय बासिन्दाका अनुसार सोमबार बिहान करिब ८ बजे घरअगाडि पटाका पड्काउने क्रममा कुन्दनको छातीमा आगोले पोलेर गम्भीर घाइते भई बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा रामगुलाम सहनीले बताएका छन्।

घटनाबारे पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सोमबार बिहान घरअगाडि पटाका पड्काउने क्रममा बालकको छातीमा छर्रा लागी गम्भीर घाइते भएका कुन्दनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी प्राप्त भएको बताए। उनले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताएका छन्। तिहार, नेपाल संवत् ११४५ (न्हूदँ)तथा छठ पर्वको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले झुट र विध्वंसप्रति आपत्ति जनाएका हुन्। उनले समाजमा झुट बोल्ने, राष्ट्रिय सम्पत्तिमा आगो लगाउने र लुटपाट गर्ने जस्ता कार्यले विश्वभरि नै नेपाली जातिको बेइज्जत ...
: कपिलवस्तुमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। हुलाकी सडकखण्डअन्तर्गत कपिलवस्तुको वर्गदामा तौलिहवाबाट बहादुरगञ्जतर्फ जाँदै गरेको लु १ ख ९७२६ नम्बरको बसले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर निवासी ७७ वर्षीय लखन अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएका अहिरलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको ...
: नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेको बताए। उनले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा विचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको उल्लेख गरे। त्यस्तै उनले कार्यकारी र ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीए प्रस्थान गरेका छन्। सोमबार टर्किस एयरलाइन्सको उडानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीएको कोप शिखर सम्मेलन हुने सहर आन्ताल्याका लागि प्रस्थान गरेका हुन्। शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको मुद्दालाई विभिन्न ...
: मोरङको मिक्लाजुङमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। दुर्घटनामा परेर ६५ वर्षीया महिला गम्भीर घाइते भएकी छन्। मिक्लाजुङ गाउँपालिका–६ शान्ति टोलमा सोमबार दिउँसो भएको दुर्घटनामा अटो सडकबाट अनियन्त्रित हुँदै दुईवटा घरमा ठोक्किएको थियो। मधुमल्ला–टाँडी सडकखण्डमा दिउँसो साढे ३ बजेतिर प्रदेश १–०२–००३ ह ६५७ नम्बरको अटो दुर्घटनामा परेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर ...