मुख्य समाचार
माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते
माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते

: मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकमा माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।

बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ज ४६२१ नम्बरको माइक्रो बस आज दिउँसो १२:४० बजेको समयमा अचानक अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटना भएको गाडीमा चालकसहित जम्मा ११ जना सवार रहेका थिए, जसमध्ये १० जना घाइते भएका छन्।

घाइते हुनेहरू
कृष्ण के.सी. (चालक, वर्ष ४२, काठमाडौँ महानगरपालिका–३२)
रेणुका प्रसाई (वर्ष ४०, झापा सुरुङ्गा नगरपालिका–३)
नैन प्रसाई (वर्ष १४, रेणुकाका छोरा)
निल कुमारी लम्साल (वर्ष ५०, मोरङ उर्लाबारी नगरपालिका–३)
मुना ढकाल (वर्ष ४३, सुनसरी इटहरी उपमहानगरपालिका–१२)
प्रबिन तामाङ (वर्ष ३८, उदयपुर बेलका नगरपालिका–१)
अमृत बहादुर खड्का (वर्ष ७०, मोरङ सुन्दरहरैँचा नगरपालिका–४)
रन्जिता गौतम (वर्ष ३७, सुनसरी इटहरी उपमहानगरपालिका–८)
जमुना परियार बि.क. (वर्ष २५, उदयपुर चौदण्डीगढी नगरपालिका–१०)
अंकित बि.क. (वर्ष ९, जमुनाका छोरा)
बसमा सवार रहेका व्यक्तिहरूमध्ये झापा सुरुङ्गा नगरपालिका–३ की रेणुका प्रसाईकी १० वर्षीया छोरी निरुसा प्रसाई भने सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काइके गाउँपालिका-४ गयास्थित सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) महासम्मेलन २०२६ (आईटीयू पीपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहनुभएका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डीईसीसी)मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् । उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत ...
। राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा आज बिहान ११ बजे नुहाउने क्रममा डुबेका थिए । नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल ...
। नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमनत्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको बताएका छन् । ‘आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह पूजा’ को मर्म ...
। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन् । नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले राष्ट्रिय विभूति शङ्खधर साख्वाले लोककल्याणको भावनाबाट प्रेरित भई पीडित जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक कार्यले नेपाली समाजमा सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको उच्च आदर्श स्थापित ...