मुख्य समाचार
नेपाल संवत्‌लाई सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा प्रयोग विस्तार गर्नुपर्ने
नेपाल संवत्‌लाई सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा प्रयोग विस्तार गर्नुपर्ने

: प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत्‌लाई सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा प्रयोग विस्तार गर्नुपर्ने बताएका छन्।

नेपाल संवत् ११४७ का अवसरमा मंगलबार भक्तपुरमा नेपाल संवटका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्दै सभामुख अर्यालले सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा यसको प्रयोग विस्तार गर्न सरकारले स्पष्ट नीति, आवश्यक बजेट र प्रभावकारी कार्ययोजना बनाउनुपर्ने धारणा राखे।

उनले नेपाल संवत्‌लाई राष्ट्रिय मान्यता प्रदान गरिनु महत्त्वपूर्ण उपलब्धि भएकाले यसलाई घोषणामा मात्र सीमित राख्न नहुने बताए। शंखधर साख्वाःको जीवनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितका लागि काम गर्नुपर्ने महत्त्वपूर्ण सन्देश दिने उनको भनाइ थियो। साख्वाःको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नेपाल भाषा तथा नेपाल लिपिको संरक्षण गर्ने जिम्मेवारीबाट राज्य विमुख हुन नहुनेमा उनले जोड दिए।

सभामुख अर्यालले इतिहास र संस्कृतिको संरक्षण गर्ने, सार्वजनिक जीवनमा इमानदारी र जवाफदेहिता कायम गर्ने तथा विविधताबीचको एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने संकल्प सबैले गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काइके गाउँपालिका-४ गयास्थित सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) महासम्मेलन २०२६ (आईटीयू पीपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहनुभएका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डीईसीसी)मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् । उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत ...
। राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा आज बिहान ११ बजे नुहाउने क्रममा डुबेका थिए । नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल ...
। नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमनत्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको बताएका छन् । ‘आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह पूजा’ को मर्म ...
। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन् । नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले राष्ट्रिय विभूति शङ्खधर साख्वाले लोककल्याणको भावनाबाट प्रेरित भई पीडित जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक कार्यले नेपाली समाजमा सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको उच्च आदर्श स्थापित ...