मुख्य समाचार
छठ पूजा व्यवस्थापन समितिले प्रधानमन्त्री बालेन शाहलाई छठ पर्वमा वीरगन्जमा आइदिन आग्रह
छठ पूजा व्यवस्थापन समितिले प्रधानमन्त्री बालेन शाहलाई छठ पर्वमा वीरगन्जमा आइदिन आग्रह

: वीरगन्ज-१० काे घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले प्रधानमन्त्री बालेन शाहलाई छठ पर्वमा वीरगन्जमा आइदिन आग्रह गरेकाे छ।

रास्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने छठ मनाउन जनकपुर जाने भएपछि प्रधानमन्त्री शाहलाई छठ मनाउन वीरगन्ज आइदिन घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले आग्रह गर्दै प्रधानमन्त्री शाहलाई ओैपचारिक रुपमै निम्तो पनि पठाएको छ। मंगलबार वीरगन्जमा समितिका अध्यक्ष राकेश साह कानुसहितकाे टाेलीले पर्सा-२ का सांसद सुशील साह कानुमार्फत निमन्त्रणा-पत्र प्रधानमन्त्रीकाे कार्यालयमा पनि पठाएको छ।

लोकआस्थाको महापर्व छठ पूजा देशकै आर्थिक राजधानीका रुपमा परिचित वीरगन्जमा यसवर्ष पनि निक्कै आस्था र उल्लाषका साथ मनाउन गइरहेकाे अध्यक्ष साहले बताए ।छठ पूजाका लागि नेपालमै प्रसीद्ध वीरगन्ज- १० स्थित घडिअर्वा पोखरीस्थित छठघाटमा घडिअर्वा स्पोटर्स क्लबको आयोजना तथा छठ पूजा व्यवस्थापन समितिको व्यवस्थापनमा विगत दुई दशकदेखि अति आकर्षक ढंगले सजाएर छठ पूजा मनाउने गरिएको भन्दै साहले यसवर्ष कात्तिक २९ गते परेको छठ पर्वको मुख्य दिन अर्थात सँझिया घाटेका दिन यस घडिअर्वा पोखरी छठघाटमा आएर छठी माईको आशीवार्द ग्रहण गरिदिनु हुन आग्रह गर्दै प्रधानमन्त्री शाहलाई निमन्त्रणा पत्र पठाइएको बताए।

अध्यक्ष साहले लाेक आस्थाकाे महा पर्व छठमा प्रधानमन्त्री शाहकाे वीरगन्जमा आगमन भइदिएमा समस्त वीरगन्जवासीले नै सौभाग्यशाली महसुस गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेब्रा क्रसिङमै सवारीसाधन पार्किङ गरेर ट्राफिक नियम उल्लङ्घन गर्ने धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको सवारीसाधनलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ। सांसद श्रेष्ठले प्रयोग गर्ने बागमती प्रदेश ०१–०२७ विएवि १३९३ नम्बरको सवारीसाधन धादिङबेसीको बीचबजार चोकस्थित जेब्रा क्रसिङमा पार्किङ गरिएको तस्बिरसहितको समाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको ...
। सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन् । नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले मंगलबार वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि नेपाल संवत् अभियानले महत्त्वपूर्ण आवाज उठाएको स्मरण गरे । ‘शङ्खधर ...
। नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । काठमाडौंको वसन्तपुरमा नेवार समुदायका मानिसहरू भेला भएर बाजागाजासहित नेपाल संवत् मनाएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ...
। काइके गाउँपालिका-४ गयास्थित सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) महासम्मेलन २०२६ (आईटीयू पीपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहनुभएका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डीईसीसी)मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् । उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत ...