मुख्य समाचार
नियम उल्लंघन गर्ने रास्वपा सांसद श्रेष्ठको सवारीलाई ट्राफिक जरिवाना
नियम उल्लंघन गर्ने रास्वपा सांसद श्रेष्ठको सवारीलाई ट्राफिक जरिवाना

: जेब्रा क्रसिङमै सवारीसाधन पार्किङ गरेर ट्राफिक नियम उल्लङ्घन गर्ने धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको सवारीसाधनलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ। सांसद श्रेष्ठले प्रयोग गर्ने बागमती प्रदेश ०१–०२७ विएवि १३९३ नम्बरको सवारीसाधन धादिङबेसीको बीचबजार चोकस्थित जेब्रा क्रसिङमा पार्किङ गरिएको तस्बिरसहितको समाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख शिशिर थापाका अनुसार ट्राफिक नियम उल्लङ्घन गरेबापत अनलाइन प्रणालीमार्फत जरिवाना निर्धारण गरिएको छ। नियम उल्लङ्घनको प्रकृति हेरी प्रणालीले ५०० देखि १ हजार ५०० रुपैयाँसम्म जरिवाना निर्धारण गर्न सक्ने उनले बताए। ‘अनलाइन प्रणालीमा जति जरिवाना देखिन्छ, त्यति नै भुक्तानी गर्नुपर्छ। भुक्तानी गर्ने क्रममा सिस्टमले नै रकम निर्धारण गर्छ,’ थापाले भने। सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि गजुरीबाट जरिवानाको प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिए।

मंगलबार बिहान झिगु नेवाः समाज धादिङले आयोजना गरेको नेपाल संवत् तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन सांसद श्रेष्ठ धादिङ आएका थिए। सोही क्रममा उनका चालकले धादिङबेसीको बीचबजार चोकमा रहेको जेब्रा क्रसिङमै सवारीसाधन पार्किङ गरेका थिए।

घटनापछि सांसद श्रेष्ठले जेब्रा क्रसिङमा पार्किङ गरेर ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै सामाजिक सञ्जालमार्फत गल्ती स्वीकार गरेका छन्।‘गलत गलत नै हो, चाहे सचिवालयबाट होस् वा माननीयबाट। गल्ती स्वीकार्नु र त्यसबाट पाठ सिक्नु पनि एक असल नागरिकको पहिचान हो,’ उनले लेखेका छन्।

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य हुन्

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन् । नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले मंगलबार वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि नेपाल संवत् अभियानले महत्त्वपूर्ण आवाज उठाएको स्मरण गरे । ‘शङ्खधर ...
: वीरगन्ज-१० काे घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले प्रधानमन्त्री बालेन शाहलाई छठ पर्वमा वीरगन्जमा आइदिन आग्रह गरेकाे छ। रास्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने छठ मनाउन जनकपुर जाने भएपछि प्रधानमन्त्री शाहलाई छठ मनाउन वीरगन्ज आइदिन घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले आग्रह गर्दै प्रधानमन्त्री शाहलाई ओैपचारिक रुपमै निम्तो पनि पठाएको छ। मंगलबार वीरगन्जमा समितिका अध्यक्ष ...
। नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । काठमाडौंको वसन्तपुरमा नेवार समुदायका मानिसहरू भेला भएर बाजागाजासहित नेपाल संवत् मनाएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ...
। काइके गाउँपालिका-४ गयास्थित सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) महासम्मेलन २०२६ (आईटीयू पीपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहनुभएका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डीईसीसी)मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् । उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत ...