मुख्य समाचार
इस्लामाबाद उच्च अदालतले इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति
इस्लामाबाद उच्च अदालतले इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति

इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति दिएको छ ।

अदालतले रावलपिण्डीस्थित अदियाला जेल प्रशासनलाई दुवैका वकिललाई आफ्ना पक्षसँग एक घण्टासम्म भेट गराउन निर्देशन दिएको हो ।

मुख्य न्यायाधीश सरफराज डोगरको नेतृत्वमा रहेको दुई सदस्यीय इजलासले १९ करोड पाउन्डको अल कादिर ट्रस्ट प्रकरणमा सुनाइएको सजायविरुद्ध दायर पुनरावेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

सुनुवाइका क्रममा अदालतले इमरान खानका वकिल सलमान सफदरलाई कानुनअनुसार भेटघाटको अनुमति दिएको बताएको थियो । तर पछि थप पाँच जनालाई पनि इमरानसँग भेट्न दिनुपर्ने माग नआओस् भन्दै अदालतले सचेत गराएको थियो ।


इजलासका प्रमुखले केही दिनअघि मात्रै इमरान खान र बुशरा बीबीसँग भेटिसकेको अवस्थामा फेरि किन भेट्न चाहेको भन्दै सलमान सफदरलाई प्रश्न गरेका थिए ।
जवाफमा सफदरले अघिल्लो भेटमा पर्याप्त समय नपुगेकाले आफ्ना पक्षसँग पुनः भेट्न आवश्यक रहेको बताएका थिए ।

अदालतले सुरुमा बुशरा बीबी र इमरान खानसँग उनका वकिल सरदार लतिफ खोसालाई भेट्न अनुमति दिएको थियो । त्यसपछि सलमान सफदरलाई पनि इमरान खानसँग भेट्न अनुमति दिइएको हो ।

सुनुवाइका क्रममा बुशरा बीबीको स्वास्थ्य अवस्थाको विषयसमेत उठेको थियो । सलमान सफदरले बुशराले आफूलाई दिएको जानकारी उद्धृत गर्दै छ महिनाअघि जेल प्रशासनले शल्यक्रियाका लागि अस्पताल लगेको र आगामी नोभेम्बर १५ मा पुनः शल्यक्रिया गर्नुपर्ने बताएको जानकारी अदालतलाई गराएका थिए ।

उनले बुशरा बीबीको स्वास्थ्य परीक्षणका लागि मेडिकल बोर्ड गठन गर्न माग गरेका थिए । सर्वोच्च अदालतमा समेत जेल प्रशासनले बुशराको आँखामा समस्या रहेको स्वीकार गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा रक्षा मन्त्री पीट हेगसेथको पत्रकार सम्मेलन सुरु हुनुअघि पत्रकारहरूलाई व्यावसायिक व्यवहार गर्न चेतावनी दिइएको छ। पेन्टागनको ब्रिफिङ कक्षमा उपस्थित ६० देखि ७० जना पत्रकारलाई सैनिक पोसाकमा आएका एक अधिकारीले अनुशासनहीन व्यवहार गरे बाहिर निकाल्ने चेतावनी दिएका हुन्। अधिकारीले पत्रकारहरूको कुनै पनि व्यवहार आफूलाई अनुचित लागे उनीहरूलाई तत्काल कक्षबाट बाहिर पठाइने स्पष्ट ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले सैन्य आक्रमण वा प्रतिबन्ध थप्दैमा युद्ध अन्त्य नहुने बताएका छन् । युद्ध अन्त्य गर्न सम्मानको भाषा प्रयोग गर्नुपर्ने उनको भनाइ छ । इरानको सरकारी समाचार संस्था इरनालाई दिएको अन्तर्वार्तामा अराघचीले अमेरिकालाई इरानका माग र सर्त पूरा गर्न आग्रह गरेका छन् । उनले इरानले प्रस्तुत गरेको दुईदिने योजनामा समावेश सर्तहरू अझै पनि वार्ताका ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध लगभग समाप्त भइसकेको बताएका छन्। सोमबार उनले हालका लागि अमेरिकाले यथास्थिति कायमै राख्ने तर परिस्थितिमा कुनै बदलाव आए अमेरिकी सेना तयार रहेको बताए। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानीका क्रममा ट्रम्पले सैन्य दृष्टिले इरानको मामिला लगभग टुङ्गिसकेको र इरानको नेतृत्व समाप्त पारिएको दाबी गरे। यद्यपि, अमेरिकाले इरानको परमाणु कार्यक्रम लामो समयका लागि पछि ...
। फ्रान्सले साइबर आक्रमणका लागि इरानलाई कडा कारबाही गर्ने र प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। फ्रान्सका विदेशमन्त्री जिन-नोएल ब्यारोले इरानी सेनाको एक साइबर युनिटले गत अक्टोबरमा देशका ७०० सुपरमार्केटलाई निसाना बनाएको आरोप लगाएका छन्। ह्याकरहरूले पसलका फ्रिज र फ्रिजरको प्रणाली ह्याक गरेर तिनको तापक्रम बढाइदिएका थिए। यसले गर्दा खानेकुरा बिग्रिएको थियो र पसलेहरूले ठूलो मात्रामा सामान ...
अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजवेल्ट नेतृत्वको स्ट्राइक ग्रुप नोभेम्बरको मध्यअघि मध्यपूर्व नपुग्ने भएको छ । अमेरिकी एक अधिकारीले अलजजिरालाई दिएको जानकारीअनुसार उक्त युद्धपोत हाल मध्यपूर्व क्षेत्रमा रहेको यूएसएस जर्ज वासिङ्टनको स्थान लिन त्यहाँ पठाउन लागिएको हो । यसैबीच, अमेरिकाको १३औँ मरिन एक्सपिडिसनरी युनिट र यसको माकिन आइल्यान्ड एम्फिबियस रेडी ग्रुप पनि यसै महिनाको अन्त्यतिर मध्यपूर्व ...