मुख्य समाचार
दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- बेल्खुमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

हेटौँडाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका–६ का ५५ वर्षीय जितबहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनापछि प्रहरीले ट्याङ्कर र चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–४ का ३३ वर्षीय मदनबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि मृतकको शव घटनास्थलमै रहेकाले राजमार्गको एकतर्फी यातायात अवरुद्ध भएको थियो । प्रहरीले विभिन्न प्रहरी कार्यालयबाट ३१ जना सुरक्षाकर्मी परिचालन गरी घटनास्थलमा सुरक्षा दिएको थियो ।


प्रहरीका अनुसार राति ११ बजेर १५ मिनेटमा शव घटनास्थलबाट उठाएपछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका-१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले आक्रमण गर्दा उनको गएराति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
। चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं. २७ धरमपुरबाट ७ जना ब्यक्तिलाई १६ थान कौडा र १ लाख ३३ हजार रकमसहित नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिइ गएको प्रहरीले विषेश सूचनाका आधारमा ...
। गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा विकृत गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार फेसबुकमार्फत उनले मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच आउने गरी देउसी–भैलो खेल्ने क्रममा हुने अमर्यादित क्रियाकलापलाई कानुनबमोजिम कडाइका साथ नियन्त्रण गरिने बताएका हुन् । गृहमन्त्री गुरुङले यस्ता गतिविधिप्रति गृह मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै त्यस्ता क्रियाकलाप देखिए ...
। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलन प्राविधिक वा वातावरणीय प्रतिक्रियामा मात्र सीमित नभई जलवायु न्यायसँग समेत जोडिएको विषय भएको बताएका छन् । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) अन्तर्गत अल्पविकसित मुलुकहरू (एलडीसी) का तर्फबाट आयोजित संवाद कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्ने अल्पविकसित मुलुकहरू ...
। विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती थपिरहेका बेला सोमबारदेखि टर्कीएको अन्ताल्यामा सुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) मा जलवायु संकटको गम्भीरता र त्यसको सामना गर्ने उपायबारे गम्भीर मन्थन र बहस सुरु भएको छ । बढ्दो तापक्रम, चरम मौसमी घटना र जलवायुजन्य विपद्ले पृथ्वीको पारिस्थितिकीय सन्तुलन र मानव अस्तित्वमै चुनौती थपिरहेका ...