मुख्य समाचार
अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ
अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ

। अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ । अमेरिकी प्रतिनिधिसभाले प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत दिएपछि महाभियोगको प्रक्रिया अघि बढ्न नसकेको हो ।

अल जजिराका अनुसार रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधिसभाले मंगलबार प्रस्ताव समितिमा पठाउने निर्णय गरेको हो । यो निर्णयसँगै हेगसेथविरुद्ध तत्काल महाभियोगको औपचारिक मतदान हुने सम्भावना टरेको छ ।

रिपब्लिकन सांसद थोमस मासीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव ल्याएका थिए । इरान युद्ध सञ्चालनमा उनको भूमिका र अन्य सैन्य कारबाहीलाई लिएर प्रस्तावमा आरोप लगाइएको थियो ।

प्रस्तावलाई समितिमा पठाउने पक्षमा रिपब्लिकन सांसदहरूले मतदान गरेका थिए । मासी भने आफ्नै दलका सांसदहरूमध्ये प्रस्ताव समितिमा पठाउने निर्णयको विपक्षमा उभिएका एकमात्र सदस्य थिए ।

अमेरिकी प्रतिनिधिसभामा रिपब्लिकनको नियन्त्रण आगामी जनवरीसम्म रहने भएकाले समितिले प्रस्तावमाथि सुनुवाइ गर्ने, अनुसन्धान अघि बढाउने वा महाभियोगका धारालाई अगाडि बढाउने सम्भावना न्यून रहेको अल जजिराले जनाएको छ ।

महाभियोग प्रयास असफल भएपछि पेन्टागनका प्रवक्ता सिन पार्नेलले यसलाई हेगसेथ, रक्षा मन्त्रालय र अमेरिकी सैनिकका लागि पूर्ण विजय भएको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा प्रस्तावलाई राजनीतिक अभ्यास भन्दै समितिमा यसलाई नक्कली महाभियोगका रूपमा अन्त्य गरिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हेगसेथको समर्थन गरेका छन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा महाभियोग प्रयास दयनीय रूपमा असफल भएको प्रतिक्रिया दिएका छन् । सिनेटमा रिपब्लिकन नेता जोन थुनले पनि राष्ट्रपति ट्रम्पको हेगसेथमाथि विश्वास कायम रहेको बताएका छन् ।

तर, डेमोक्र्याट सांसदहरूले भने महाभियोग प्रयास रोकिएकोमा असन्तुष्टि जनाएका छन् । सांसद माइक क्विग्लीले महाभियोगको प्रयास फेरि अघि बढाउने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज मैले पिट हेगसेथलाई महाभियोग लगाउने पक्षमा मतदान गरेँ । त्यो मतदान असफल भए पनि महाभियोग हुनेछ ।’

यसैबीच, इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिका र इरानबीच वार्ता भइरहेको भन्ने खबर अस्वीकार गरेका छन् । इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले भने इजरायलले अमेरिकालाई इरानसँग अनन्त युद्धमा तान्न खोजिरहेको आरोप लगाएका छन् ।

गालिबाफले युद्ध अन्त्य गर्न चीनले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । अल जजिराका अनुसार रुस र इरानका कूटनीतिज्ञहरूले पनि मस्कोमा भेटेर मध्यपूर्वको बढ्दो तनाव र क्षेत्रीय द्वन्द्व समाधानका विषयमा छलफल गरेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय कानुनअनुसार राजनीतिक तथा कूटनीतिक माध्यमबाट संकट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप लगाएका छन् । उनले अमेरिकाले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध गरेको दाबी गरेपनि युद्धको पहिलो दिन नै इरानको लामेर्दस्थित खेलकुद हलमा आक्रमण गर्न प्रेसिजन स्ट्राइक मिसाइल (पीआरएसएम) प्रयोग गरेको बताए । उक्त आक्रमणमा २१ जना सर्वसाधारणको मृत्यु भएको थियो । पेजेस्कियानले ...
: अमेरिका र युरोपका विभिन्न स्थानमा आतङ्कवादी हमलाको षड्यन्त्र रचेको अभियोगमा अमेरिकी न्याय मन्त्रालयले इरानको समर्थन प्राप्त तीन जना व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको छ। सार्वजनिक आरोपपत्र अनुसार अभियोग लगाइएकाहरूमा इरानी नागरिक मोहसिन मोहाजेरी, इराकी नागरिक मोहम्मद अली अल-हसानी र दुवै देशको नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल-सादी रहेका छन्। बीबीसीका अनुसार उनीहरू इरानको इस्लामिक रिभोलुश्नरी गार्ड ...
। बुल्गेरियामा मंगलबार बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना भएको छ। राजधानी सोफियालाई ब्ल्याक सीको बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६ वटा गाडीहरू आपसमा ठोक्किएका छन्। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। दुर्घटनापछि राजमार्गलाई दुवैतर्फबाट बन्द गरिएको छ। दुर्घटनाका कारण बुल्गेरियाकी राष्ट्रपति इलियाना योतोभाले पनि आफ्नो विदेश भ्रमण बीचमै छाडेकी छन्। ...
। प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन् । यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । उनले जारी गरेको शुभकामना सन्देशमा पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी ...
: फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार साउदी अरबको राजधानी रियादमा विस्फोटका धेरै आवाज सुनिएका छन्। साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले रियादतर्फ प्रहार गरेको एउटा ब्यालिस्टिक क्षेप्यास्त्र आकाशमै नष्ट गरेको दाबी गरेको छ। सोही समयमा रियादमा विस्फोटका आवाज सुनिएका हुन्। एएफपीका पत्रकारहरूले मोबाइल फोनमा हवाई आक्रमणको जोखिमसम्बन्धी सतर्कता सन्देश प्राप्त गरेका थिए। उक्त सन्देशमा सर्वसाधारणलाई सुरक्षित ...