। घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीरबहादुर थारुको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मौरीले टोकेपछि बेहोस भएका थारुको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार कात्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि उनलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पुर्याइएको थियो ।
उपचारकै क्रममा सोही दिन दिउँसो ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
थारुको घरको सिलिङमा करिब दुई महिनादेखि वनमौरीका पाँचवटा घार थिए । मौरीको टोकाइबाट मृत्यु भएका उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको प्रहरीले जनाएको छ ।