मुख्य समाचार
स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा
स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा

। सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ती सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये ५२ वटा मोटरसाइकल र ४ वटा स्कुटर छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सवारीसाधन फेला पारेको थियो ।


नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गदर्शनले समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन योगदान पुर्‍याएको बताएका छन् । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक रूढिवादको अन्त्य गरी समाजलाई सही बाटो देखाउन फाल्गुनन्दले पुर्‍याएको योगदान स्मरणीय रहेको बताएका हुन् । फाल्गुनन्दको मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव ...
: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्। जेन्जी आन्दोलनमा कारागारबाट फरार रहेका बर्दघाट नगरपालिका वडा नं. १६ केरावारीका २७ वर्षीय अमृत नेपालीलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए। जबरजस्ती करणी मुद्दामा अदालतबाट ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला भई कारागार कार्यालय नवलपरासी (ब.सु.पश्चिम) ...
। घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीरबहादुर थारुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मौरीले टोकेपछि बेहोस भएका थारुको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार कात्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि उनलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, ...
। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री यादवले कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने जानकारी दिए । त्यसका लागि प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा ...
: चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। बुधबार बिहान ८ः३० बजे त्रिचोकस्थित रामजी ढकालको घरमा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन राना मगरले घरायसी विवादका कारण ३२ वर्षीया श्रीमती सपना राना मगरमाथि कुटपिट गरेका थिए। कुटपिटका कारण सपनाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक र नियन्त्रणमा रहेका श्रीमान्‌को स्थायी घर ...