मुख्य समाचार
अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप
अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप लगाएका छन् ।

उनले अमेरिकाले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध गरेको दाबी गरेपनि युद्धको पहिलो दिन नै इरानको लामेर्दस्थित खेलकुद हलमा आक्रमण गर्न प्रेसिजन स्ट्राइक मिसाइल (पीआरएसएम) प्रयोग गरेको बताए ।

उक्त आक्रमणमा २१ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

पेजेस्कियानले इरानको भूमिगत आणविक केन्द्रमा आक्रमण गर्न अमेरिकाको रक्षा मन्त्रालयले ‘मदर अफ अल बम्स’ अर्थात् सबैभन्दा शक्तिशाली बम प्रयोग गर्नेबारे विचार गरिरहेको भन्ने अमेरिकी सञ्चारमाध्यमका समाचारप्रति पनि आपत्ति जनाएका छन् ।


‘यो कुनै विरोधाभास होइन, बरु लज्जास्पद कुरा हो,’ उनले भनेका छन्, ‘विश्व शान्ति र सुरक्षालाई कसले धम्की दिइरहेको छ ?’

उनको यो अभिव्यक्ति अमेरिकाले इरानविरुद्ध सैन्य कारबाहीको सम्भावना र शक्तिशाली हतियार प्रयोगबारे चर्चा गरिरहेका बेला आएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ । बुधबार बिहान उडान भर्नुअघि विमानको शौचालयमा अपहरण गर्ने धम्की दिइएको नोट फेला परेको थियो । त्यसपछि विमानलाई विमानस्थलको आइसोलेसन बेमा राखेर सुरक्षा जाँच सुरु गरिएको अधिकारीहरूले बताएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार विमानस्थलका निर्देशक विक्रम ...
: अमेरिका र युरोपका विभिन्न स्थानमा आतङ्कवादी हमलाको षड्यन्त्र रचेको अभियोगमा अमेरिकी न्याय मन्त्रालयले इरानको समर्थन प्राप्त तीन जना व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको छ। सार्वजनिक आरोपपत्र अनुसार अभियोग लगाइएकाहरूमा इरानी नागरिक मोहसिन मोहाजेरी, इराकी नागरिक मोहम्मद अली अल-हसानी र दुवै देशको नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल-सादी रहेका छन्। बीबीसीका अनुसार उनीहरू इरानको इस्लामिक रिभोलुश्नरी गार्ड ...
। अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ । अमेरिकी प्रतिनिधिसभाले प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत दिएपछि महाभियोगको प्रक्रिया अघि बढ्न नसकेको हो । अल जजिराका अनुसार रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधिसभाले मंगलबार प्रस्ताव समितिमा पठाउने निर्णय गरेको हो । यो निर्णयसँगै हेगसेथविरुद्ध ...
। बुल्गेरियामा मंगलबार बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना भएको छ। राजधानी सोफियालाई ब्ल्याक सीको बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६ वटा गाडीहरू आपसमा ठोक्किएका छन्। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। दुर्घटनापछि राजमार्गलाई दुवैतर्फबाट बन्द गरिएको छ। दुर्घटनाका कारण बुल्गेरियाकी राष्ट्रपति इलियाना योतोभाले पनि आफ्नो विदेश भ्रमण बीचमै छाडेकी छन्। ...
। प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन् । यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । उनले जारी गरेको शुभकामना सन्देशमा पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी ...