मुख्य समाचार
एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता
एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता

भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ ।

बुधबार बिहान उडान भर्नुअघि विमानको शौचालयमा अपहरण गर्ने धम्की दिइएको नोट फेला परेको थियो । त्यसपछि विमानलाई विमानस्थलको आइसोलेसन बेमा राखेर सुरक्षा जाँच सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार विमानस्थलका निर्देशक विक्रम सिंहले उडान भर्नै लाग्दा विमानको शौचालयमा उक्त नोट फेला परेको जानकारी दिएका छन् ।

विमान बिहान १०ः२० बजे उड्ने तालिका थियो । नोटमा बिहान ११ः१० बजे विमान अपहरण गरिने धम्की दिइएको उल्लेख थियो ।


उडान भर्नुअघि पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई घटनाबारे जानकारी गराएका थिए । त्यसपछि विमानस्थलका अधिकारीहरूले आवश्यक सुरक्षा प्रक्रिया अघि बढाएका थिए ।

समाचार एजेन्सी आईएएनएसका अनुसार घटनापछि विमानलाई सुरक्षित रूपमा अलग स्थानमा राखेर सुरक्षा जाँच गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप लगाएका छन् । उनले अमेरिकाले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध गरेको दाबी गरेपनि युद्धको पहिलो दिन नै इरानको लामेर्दस्थित खेलकुद हलमा आक्रमण गर्न प्रेसिजन स्ट्राइक मिसाइल (पीआरएसएम) प्रयोग गरेको बताए । उक्त आक्रमणमा २१ जना सर्वसाधारणको मृत्यु भएको थियो । पेजेस्कियानले ...
: अमेरिका र युरोपका विभिन्न स्थानमा आतङ्कवादी हमलाको षड्यन्त्र रचेको अभियोगमा अमेरिकी न्याय मन्त्रालयले इरानको समर्थन प्राप्त तीन जना व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको छ। सार्वजनिक आरोपपत्र अनुसार अभियोग लगाइएकाहरूमा इरानी नागरिक मोहसिन मोहाजेरी, इराकी नागरिक मोहम्मद अली अल-हसानी र दुवै देशको नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल-सादी रहेका छन्। बीबीसीका अनुसार उनीहरू इरानको इस्लामिक रिभोलुश्नरी गार्ड ...
। अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ । अमेरिकी प्रतिनिधिसभाले प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत दिएपछि महाभियोगको प्रक्रिया अघि बढ्न नसकेको हो । अल जजिराका अनुसार रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधिसभाले मंगलबार प्रस्ताव समितिमा पठाउने निर्णय गरेको हो । यो निर्णयसँगै हेगसेथविरुद्ध ...
। बुल्गेरियामा मंगलबार बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना भएको छ। राजधानी सोफियालाई ब्ल्याक सीको बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६ वटा गाडीहरू आपसमा ठोक्किएका छन्। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। दुर्घटनापछि राजमार्गलाई दुवैतर्फबाट बन्द गरिएको छ। दुर्घटनाका कारण बुल्गेरियाकी राष्ट्रपति इलियाना योतोभाले पनि आफ्नो विदेश भ्रमण बीचमै छाडेकी छन्। ...
। प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन् । यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । उनले जारी गरेको शुभकामना सन्देशमा पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी ...