— सिरानचोक गाँउपालिका- २ सिउरेनीमा ट्याक्सी दुर्घटनम हुँदा पाँच जना घाइते भएका छन् । चित्रेपोखरीबाट सिउरेनी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८नम्बरकाे ट्याक्सी सडक छेउमा रोकिरहेको अवस्थामा अचानक ब्याक भई ४० मिटर तल खसेर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यलय गाेरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
दुर्घटनामा सिरानचोक- ५ भाँगे बस्ने ४० वर्षका वीरबहादुर गुरुङ, वडा २ मैपते बस्ने ३२ वर्षीया मन्जु परियार, ५० वर्षीया गितामाया परियार, २० वर्षीया अन्जना अछामी र ३० की गिता परियार घाइते भएका छन् ।
घाइतेहरूकाे प्रदेश अस्पताल गाेरखामा उपचार भइरहेकाे छ । घटनाकाे अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।