मुख्य समाचार
जलवायु संकटको जोखिममा रहेका विकासशील राष्ट्रलाई थप सहयोग गर्नुपर्नेमा जोड
जलवायु संकटको जोखिममा रहेका विकासशील राष्ट्रलाई थप सहयोग गर्नुपर्नेमा जोड

: जलवायु संकट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन् ।

राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष तथा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुम र वार्ता अध्यक्ष क्रिस बोवेनले जलवायु परिवर्तन वर्तमानको गम्भीर चुनौती बनिसकेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सहकार्य प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।

कार्यकारी सचिव स्टिलले जलवायु कार्यलाई राष्ट्रहरूको सुरक्षा, आर्थिक स्थायित्व र जनजीवनसँग जोड्दै स्वच्छ ऊर्जामा लगानी बढाउन तथा जलवायु सङ्कटको जोखिममा रहेका विकासशील राष्ट्रलाई थप सहयोग गर्नुपर्ने बताए । अन्तरराष्ट्रिय सहकार्यका कारण विश्व तापक्रम वृद्धिको अनुमान चार डिग्री सेल्सियसभन्दा बढीबाट घटेर करिब २.६ डिग्रीमा झरेको उनले उल्लेख गरे ।

कोप–३१ मा राष्ट्रिय जलवायु लक्ष्यलाई कार्यान्वयनमा लैजाने, सबै अर्थतन्त्रको विद्युतीकरण गर्ने, जलवायु अनुकूलनका लागि वित्तीय सहयोग बढाउने र विकासशील राष्ट्रको जलवायु वित्तमा पहुँच सहज बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

कोप–३१ का अध्यक्ष कुरुमले जलवायु परिवर्तन ऊर्जा, उद्योग, कृषि, विकास र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको बताए । उनले सन् २०२४ मा विश्वको औसत तापक्रम औद्योगिक युगपूर्वको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा बढी पुगेको उल्लेख गर्दै नेपालमा बाढीपहिरो, पाकिस्तानमा बाढी र प्रशान्त क्षेत्रका टापु राष्ट्रमा समुद्री सतह वृद्धिले जलवायु सङ्कटको गम्भीरता देखाएको बताए ।

उनले राष्ट्रिय जलवायु लक्ष्यलाई बजेट तथा लगानीसँग जोड्ने, जलवायु वित्तमा सहज पहुँच सुनिश्चित गर्ने र विपद् उत्थानशीलतालाई राष्ट्रिय विकास नीतिको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । टर्किएले सन् २०३५ सम्म अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको पनि उनले जानकारी दिए ।

कोप–३१ का वार्ता अध्यक्ष बोवेनले विश्वले ऊर्जा सुरक्षा सङ्कट, युद्ध तथा द्वन्द्व र जलवायु सङ्कटको एकैसाथ सामना गरिरहेको बताए । उनले तापक्रम वृद्धिको प्रत्येक अंशले मानव जीवन, अर्थतन्त्र र वातावरणमा असर पार्ने भएकाले तत्काल सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे ।

गत वर्ष स्वच्छ ऊर्जामा दुई दशमलव दुई ट्रिलियन अमेरिकी डलर लगानी भएको र यो जीवाश्म इन्धनमा भएको लगानीको दोब्बर रहेको जानकारी दिँदै उनले स्वच्छ ऊर्जाको विस्तारलाई तीव्रता दिनुपर्ने बताए ।

जलवायु वित्तलाई छिटो, सरल र न्यायोचित बनाउँदै जोखिममा रहेका राष्ट्रको अनुकूलन तथा उत्थानशीलताका लागि लगानी बढाउनुपर्ने उनको भनाइ थियो । जलवायु वित्तमा पहुँचको असमानता अन्त्य गर्दै राष्ट्रिय जलवायु योजना कार्यान्वयन गर्न सकिने परियोजनामा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए।

तीनै वक्ताले जलवायु सङ्कटको सामना गर्न बहुपक्षीय सहकार्य, वित्तीय सहयोग र व्यावहारिक कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै कोप–३१ बाट ठोस उपलब्धि हासिल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) का उच्च अधिकारीहरूले जोड दिएका छन्। स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धिलाई उनीहरूले मुख्य प्राथमिकतामा राखेका छन्। टर्किएको अन्ताल्यामा जारी सम्मेलनको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष मुरात ...
। तिहारको भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ जना यात्रु लाभान्वित भएका छन् । सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएकाले सर्वसाधारणको आवतजावत सहज बनाउन सशस्त्र प्रहरीले काठमाडौं उपत्यका र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको सेवाअन्तर्गत काठमाडौंको ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट हुने क्षति तथा पुनर्निर्माणको आर्थिक भार नेपालले एक्लै धान्न नसक्ने बताएका छन् । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ अन्तर्गत नेपाल पेभिलियनमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकलाई विशेष अन्तर्राष्ट्रिय वित्तीय सहायता आवश्यक रहेको बताएका हुन् । उनले विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि ...
। सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बुधबार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटरसँगै साइकल ठोक्किएका थिए । दुर्घटनामा ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा आएका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरेका हुन् । भेटमा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल ...