मुख्य समाचार
सार्वजनिक स्थलमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ

: रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महिलावार बजारमा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचार प्रतिकूल हुने गरी अश्लील नृत्य गरेको आरोपमा देवदह नगरपालिका- ७ की ३० वर्षीया चाहना थापा र सर्लाही, हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत पक्राउ परेका हुन्।

गएराति १२:५ बजे दुवै जनालाई नियन्त्रणमा लिई सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान कार्य जारी चन्दले बताए। जिल्ला प्रहरी कार्यालय भैरहवाले परम्परागत देउसी भैलो कार्यक्रममा अमर्यादित तथा अश्लील गतिविधि गर्नेलाई प्रचलित कानुन बमोजिम कडा कारवाही गर्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अत्यन्त श्रद्धा, निष्ठा र भक्तिभावपूर्वक मनाइने छठपर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुहरू चोखोनिँदो भई शुद्धि हुने परम्परा छ। यस दिन व्रतालुले माछा र कोदोबाट बनेका खाद्य परिकार वर्जित गरी व्रतको तयारी थाल्छन्। त्यस्तै, पर्वको दोस्रो दिन अर्थात् भोलि नहाय–खाय विधि अपनाइने छ भने तेस्रो दिन शनिबार ...
— नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार रायमाझी रिहा भएका हुन् । उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो । रायमाझीको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी ...
। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाका अनुसार ५ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र ...
। पर्साको वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन्। पर्साको पोखरीया सतुरियाका सुनिल साह नाम गरेका कैदी फरार भएका हुन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कैदी फरार भएको पुष्टि गरे।
। जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) का उच्च अधिकारीहरूले जोड दिएका छन्। स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धिलाई उनीहरूले मुख्य प्राथमिकतामा राखेका छन्। टर्किएको अन्ताल्यामा जारी सम्मेलनको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष मुरात ...