मुख्य समाचार
अत्यन्त श्रद्धा, निष्ठा र भक्तिभावपूर्वक मनाइने छठपर्व आजदेखि विधिवत् रूपमा सुरु
अत्यन्त श्रद्धा, निष्ठा र भक्तिभावपूर्वक मनाइने छठपर्व आजदेखि विधिवत् रूपमा सुरु

: अत्यन्त श्रद्धा, निष्ठा र भक्तिभावपूर्वक मनाइने छठपर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुहरू चोखोनिँदो भई शुद्धि हुने परम्परा छ। यस दिन व्रतालुले माछा र कोदोबाट बनेका खाद्य परिकार वर्जित गरी व्रतको तयारी थाल्छन्।

त्यस्तै, पर्वको दोस्रो दिन अर्थात् भोलि नहाय–खाय विधि अपनाइने छ भने तेस्रो दिन शनिबार दिनभर उपवास बसी साँझको समयमा विधिपूर्वक घरमा सख्खर हाल-बनाइएको खिर कुलदेवता र छठी मातालाई अर्पण गरी खरना विधि मनाइने छ।

यस वर्ष पर्वअन्तर्गतको मुख्य पूजा आइतबार साँझ गरिनेछ, जसलाई 'सझुका अर्घ्य' भनिन्छ। यस दिन दिनभर उपवास बसेका व्रतालुहरू साँझको समयमा अस्ताउँदो सूर्यलाई घरमा बनाइएका ठेकुवा ,भुसुवा लगायतका प्रसाद सामग्रीसहित जलाशयमा गई अर्घ्य अर्पण गर्नेछन्।

पर्वको समापन भने सोमबार अर्थात् 'पारणा'का दिन हुनेछ। यस दिन उदाउँदो सूर्यलाई अघिल्लो साँझ झैँ विधिपूर्वक अर्घ्य दिएर व्रत समापन गरिन्छ। त्यसपछि घर फर्किएर इष्टमित्र तथा परिवारजनलाई प्रसाद वितरण गर्ने परम्परा छ।

यता, विभिन्न स्थानीय तहहरूले छठघाट निर्माण तथा सरसफाइका लागि तीव्र तयारी गरिरहेका छन्। मिथिलाञ्चलमा तिहारलगत्तै मनाइने छठलाई दोस्रो ठूलो पर्वको रूपमा हर्षोल्लासका साथ मनाइन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औं सम्मेलन (कोप–३१) को अन्तिम निर्णयमा हिमाली क्षेत्रले भोगिरहेका जलवायु सङ्कट र त्यसको सम्बोधनका उपाय समेट्न आग्रह गरेको छ । टर्कीको अन्ताल्यामा जारी सम्मेलनमा अध्यक्षता गर्ने पक्षले आयोजना गरेको अन्तिम निर्णय (कभर डिसिजन) सम्बन्धी पहिलो परामर्श बैठकमा नेपालको धारणा राख्दै प्रतिनिधिले हिमाली क्षेत्रमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको असर ...
— नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार रायमाझी रिहा भएका हुन् । उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो । रायमाझीको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी ...
: रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महिलावार बजारमा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचार प्रतिकूल हुने गरी अश्लील नृत्य गरेको आरोपमा देवदह नगरपालिका- ७ की ३० वर्षीया चाहना थापा र ...
। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाका अनुसार ५ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र ...
। पर्साको वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन्। पर्साको पोखरीया सतुरियाका सुनिल साह नाम गरेका कैदी फरार भएका हुन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कैदी फरार भएको पुष्टि गरे।