मुख्य समाचार
जलवायु न्याय र जोखिममा रहेका देशलाई थप सहयोग गर्न राष्ट्रसंघ प्रमुख गुटेरेसको आह्वान
जलवायु न्याय र जोखिममा रहेका देशलाई थप सहयोग गर्न राष्ट्रसंघ प्रमुख गुटेरेसको आह्वान

—

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार जलवायु परिवर्तनविरुद्ध तत्काल कदम चाल्न, विकासशील देशलाई थप वित्तीय सहयोग उपलब्ध गराउन र अन्तर्राष्ट्रिय सहकार्य बलियो बनाउन आह्वान गरेका छन् । जलवायु संकट नियन्त्रणका विश्वव्यापी प्रयासभन्दा तीव्र गतिमा अघि बढिरहेको चेतावनी दिँदै उनले यस्तो आह्वान गरेका हुन् ।

टर्किएको अन्ताल्यामा आयोजित कोप–३१ को नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै गुटेरेसले सन् २०२५ मा विश्वव्यापी उत्सर्जन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको र पछिल्ला चार वर्ष अहिलेसम्मकै सबैभन्दा ताता वर्ष बनेको बताए । पेरिस सम्झौताले निर्धारण गरेको तापक्रम वृद्धिको १.५ डिग्री सेल्सियसको सीमा नाघ्नु अब अपरिहार्य बनेको उनले चेतावनी दिए । यद्यपि, तापक्रम उक्त सीमाभन्दा कति माथि पुग्छ र कति समयसम्म त्यस्तो अवस्था रहन्छ भन्ने सीमित गर्न अझै सकिने उनले बताए ।

उनको यस्तो भनाइ हिमाली क्षेत्रसहित जलवायु जोखिममा रहेका देशहरूले आफ्ना विशिष्ट चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइरहेका बेला आएको हो । ती चुनौतीमा हिमनदी तीव्र गतिमा पग्लनु, स्थायी रूपमा जमेको जमिन (पर्माफ्रोस्ट) क्षय हुनु र जलवायु परिवर्तनका कारण निम्तिने विपद् पर्छन् ।

ads/1440x233asmis26-bluekv-2-15102026114551.jpg
कोप–३१ मा नेपालले किर्गिजस्तानलगायत अन्य हिमाली मुलुकसँग मिलेर छुट्टै हिमाली एजेन्डाका लागि पहल गरिरहेको छ । हिमाली पारिस्थितिक प्रणाली र त्यहाँका समुदायले विश्वव्यापी जलवायु वार्तामा थप मान्यता पाउनुपर्ने नेपालको तर्क छ । नेपालमा हालै भएका विनाशकारी बाढीले पनि जलवायुजन्य चरम घटनाबाट हिमाली समुदाय र पूर्वाधार कति जोखिममा छन् भन्ने देखाएको छ ।

कोप–३१ मा नेपालको हिमाली एजेन्डा किन असफल भयो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्
कोप–३१ मा नेपालको हिमाली एजेन्डा किन असफल भयो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्
आगामी दशकको प्रमुख चुनौती जलवायु न्याय भएको बताउँदै गुटेरेसले विकासशील देशलाई अर्थतन्त्र रूपान्तरण गर्न आवश्यक वित्तीय तथा प्राविधिक साधन उपलब्ध नगराई त्यसको अपेक्षा गर्न नसकिने बताए ।

'जलवायु न्याय आगामी दशकको प्रमुख चुनौती हो,' उनले भने ।

उनले चीनबाहेकका उदीयमान तथा विकासशील अर्थतन्त्रहरूले विश्वको करिब दुईतिहाइ जनसंख्याको प्रतिनिधित्व गरे पनि विश्वव्यापी स्वच्छ ऊर्जा लगानीको पाँच भागको एक भागभन्दा कम मात्र प्राप्त गरिरहेको बताए । यी देशले ऋण लिन अन्य देशको तुलनामा दुईदेखि तीन गुणासम्म बढी लागत बेहोर्नुपरेको छ । यसले स्वच्छ ऊर्जातर्फको रूपान्तरण र जलवायु अनुकूलनलाई थप कठिन बनाएको उनको भनाइ थियो ।

गुटेरेसले साझा जिम्मेवारी, साझा सुरक्षा र साझा लाभमा आधारित नयाँ 'जलवायु न्याय सम्झौता' प्रस्ताव गरे । विकसित देशले उत्सर्जन कटौतीलाई तीव्रता दिनुका साथै प्रतिबद्धताअनुसार वित्त र प्रविधि उपलब्ध गराउनुपर्ने तथा विकासशील अर्थतन्त्रले जीवाश्म इन्धनबाट नवीकरणीय ऊर्जातर्फको रूपान्तरणलाई गति दिनुपर्ने उनले बताए ।

ads/1-13102026041827.jpg
ads/2-13102026041844.jpg
ads/3-13102026041901.jpg
उनले चार प्राथमिकता पनि अघि सारे । ती हुन् – जीवाश्म इन्धनबाट न्यायोचित रूपान्तरण, जोखिममा रहेका समुदायको संरक्षण, पर्याप्त र किफायती जलवायु वित्त तथा बलियो अन्तर्राष्ट्रिय सहकार्य ।

जलवायु वित्तका विषयमा उनले विकसित देशलाई सन् २०३५ सम्म वार्षिक कम्तीमा ३०० अर्ब अमेरिकी डलर उपलब्ध गराउन आग्रह गरे । साथै, त्यही अवधिसम्म अनुकूलनका लागि उपलब्ध गराइने वित्त तीन गुणा बढाउनुपर्ने बताए । जलवायु वित्तसम्बन्धी १.३ ट्रिलियन डलरको बृहत् लक्ष्य पनि विकासशील देशमा वास्तविक वित्तीय प्रवाहमा रूपान्तरण हुनुपर्नेमा उनले जोड दिए ।

नेपालका लागि जलवायु अनुकूलन वित्तमा सहज पहुँच, पूर्वसूचना प्रणाली र हानि तथा नोक्सानीसम्बन्धी सहयोग महत्त्वपूर्ण छन् । जलवायुजन्य विपद्ले जनजीवन, जीविकोपार्जन र पूर्वाधारमा जोखिम बढाउँदै लगेकाले यस्तो सहयोग आवश्यक रहेको छ ।

गुटेरेसले प्रत्येक व्यक्तिलाई पूर्वसूचना प्रणालीको पहुँचमा राख्न र प्रत्येक समुदायलाई बाढी, खडेरी तथा समुद्री सतह वृद्धिबाट जोगाउनुपर्ने बताए । जलवायु अनुकूलनका उपायले काम गर्न नसक्ने अवस्थामा पुगेका जोखिममा रहेका देशलाई थप सहयोग गर्न पनि उनले आह्वान गरे ।

उनले नवीकरणीय ऊर्जाको विस्तारलाई तीव्रता दिन सरकारहरूलाई आग्रह गर्दै सन् २०३५ सम्ममा विश्वव्यापी नवीकरणीय ऊर्जा क्षमता सन् २०२५ को तुलनामा कम्तीमा तीन गुणा बढाउनुपर्ने बताए । त्यसैगरी, उत्सर्जन नियन्त्रणका उपायबिना सञ्चालन हुने कोइलाबाट उत्पादित विद्युत् कम्तीमा ७५ प्रतिशत घटाउनुपर्ने उनको भनाइ थियो ।

ads/sme-loan-948x153-pxl-1-17102026032457.jpg
भूराजनीतिक प्रतिस्पर्धा र विभाजनप्रति सचेत गराउँदै गुटेरेसले जलवायु वार्तालाई व्यवहारमै देखिने ठोस कार्यमा रूपान्तरण गर्नुपर्ने बताए ।

'वार्ता महत्त्वपूर्ण छन् – तर सफलता जमिनमा देखिने परिणामबाट मापन हुनुपर्छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बढ्दो आवास लागत र मुद्रास्फीतिको विरोधमा स्पेनमा १४ वर्षमा पहिलो पटक आम हडतालको क्रममा बार्सिलोनामा नकाबधारी समूह र प्रहरीबीच झडप भएको छ। देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए। बार्सिलोनामा, नकाबधारी व्यक्तिहरूले फोहोरको डिब्बामा आगो लगाउनका साथै पसलहरू तोडफोड ...
। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन् । टर्किएको अन्ताल्यामा बुधबार आयोजित कोप–३१ नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सन् २०२५ मा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र ...
: इरानले आफ्नो सम्वर्धित युरेनियमको एक कण पनि देशबाहिर लैजान नदिने चेतावनी अमेरिकालाई दिएको छ। इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले आफ्नो देशले सम्वर्धित युरेनियम देशभित्रै राख्ने र त्यसको प्रयोग गर्ने बताएका छन्। लेबनानको अल-मयादिन टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा रेजाईले यसबारे रुसलाई समेत जानकारी गराइसकेको बताए। इरानले आफ्नो संवर्धित युरेनियम देशबाहिर नपठाउने स्पष्ट पारिसकेको उनको भनाइ ...
। स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्गले संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तालाई ‘पाखण्डीपन’ भन्दै निन्दा गरेकी छन्। उनले विश्वका नेताहरूलाई नाफा र शक्तिभन्दा मानिस र पृथ्वीलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन्। टर्कीको पर्यटकीय सहर अन्टाल्यामा जारी कोप३१ सम्मेलनमा मङ्गलबार पुगेपछि थनबर्गले यस्तो टिप्पणी गरेकी हुन्। ‘हरेक वर्ष आयोजक राष्ट्रहरूलाई आफ्नो छवि सुधार्ने अवसर दिइनु पाखण्डीपन हो। हामीलाई थाहा छ ...
: रुस, युक्रेन र अमेरिकाबीच युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको त्रिपक्षीय वार्ता कुनै ठोस निष्कर्षबिना सम्पन्न भएको छ । दुई दिनसम्म चलेको वार्तामा युरोपको युद्धपछिको सुरक्षा व्यवस्था र रुस-युक्रेनबीचको विवाद समाधानका विषयमा छलफल भएको बिबिसिमा उल्लेख छ । अमेरिकी पक्षले केही सकारात्मक सम्भावना देखिएको बताए पनि करिब पाँच वर्षदेखि जारी युद्ध अन्त्य ...