मुख्य समाचार
वीरगन्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ
वीरगन्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

: वीरगन्ज–४, वीर्तास्थित वीरगन्ज कारागारबाट बिहीबार बिहान फरार भएका कैदी पक्राउ परेका छन्। जबरजस्ती करणी कसुरमा विगत ११ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका वडा नं. ४ का ३० वर्षीय सुनील साह तुराहा बिहीबार बिहान कारागारबाट भागेका थिए।

तुराहालाई बाराको सीमावर्ती क्षेत्र भारतको बिहार राज्यस्थित आदापुरबाट बिहीबारै दिउँसो भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको मल्लले बताए।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार बिहीबार बिहान कारागारभित्र सरसफाइको काम चलिरहेका बेला साह कारागारको पर्खाल नाघेर फरार भएका थिए।

उक्त जानकारी प्राप्त हुनासाथ तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरीको टोली वीरगन्जका विभिन्न स्थानमा परिचालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ। गौरीघाट, विष्णुमति, कुपण्डोललगायत काठमाडौँका विभिन्न स्थानमा पूजास्थलको निर्माण सुरु गरिएको हो। छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ। चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, ...
। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन्। टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा उनले उक्त धारणा राखेका हुन्। परराष्ट्रमन्त्री खनालले नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई सम्बोधन गर्दै हिन्दूकुश हिमाली क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। ‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ ...
। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर नेपाल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लु नुलीले संकलित रकमको चेक अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत तारा गौतमलाई हस्तान्तरण गरेका हुन्। उक्त रकम ...
। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यस्तै, उक्त दुर्घटनामा परेर ६ जना घाइते भएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार रहेको उनले बताए । बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै ...
। मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल छिर्ने र स्थानीयवासीको घर भत्काउने पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन बुधबारदेखि नै सुरक्षा सतर्कता उच्च पारिएको जानकारी दिए । हात्तीको प्रवेशलाई ...