: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २२ औं खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिक विकेट लिएका छन्।
त्रिवि क्रिकेट मैदानमा आज सन्दीप पोखराविरुद्धको खेलमा चम्किएका हुन्। उनले १४.३, १४.४, १४.५ मा लगातार पोखराका ३ ब्याटरलाई पेभेलियन फर्काए।
उनले १४.३ ओभरमा युवराज सम्रालाई क्याच गराउँदा १४.४ मा पोखराका कप्तान चमिका करुणारत्नेलाई एलबीडब्ल्यू र १४.५ मा किरण ठगुन्नालाई पनि एलबीडब्ल्यू धरापमा पार्दैै सन्दीपले ह्याट्रिक पूरा गरेका हुन्।
एनपीएलको एकै इनिङ्समा ६ विकेट लिने सन्दीप तेस्रो खेलाडी हुन्। यसअघि, दोस्रो संस्करणमा साहब आलमले कर्णाली याक्ससँग ६ विकेट लिएका थिए। त्यसअघि, पहिलो संस्करणमा विलियम बोसिस्टोले पहिलो संस्करणमा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेट लिएका थिए।