: पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहटमा अवैध सुन खानीविरुद्धको अभियानबाट फर्किरहेको प्रहरी टोलीमाथि आक्रमण भएको छ। आक्रमणमा कम्तिमा १० सुरक्षाकर्मी र १८ आतङ्ककारी मारिएका छन्। कोहट प्रहरी प्रवक्ता नोमान जेबले बीबीसी उर्दूलाई बताएअनुसार मृत्यु हुनेमा डीएसपी दर्जाका अधिकारी हैदर जमान पनि छन्।
खैबर पख्तुनख्वा प्रहरीका अनुसार कोहट शहर नजिकैको दाराबुकाच क्षेत्रमा प्रहरीले स्थानीय प्रशासनसँग संयुक्त अभियान चलाएको थियो। प्रहरी टोली अपरेशन पूरा गरेर फर्किरहेको बेला आतंककारीहरूल आक्रमण गरेका थिए।
कोहट अस्पतालका एमएस डा.ताहिरका अनुसार घटनापछि १० प्रहरीको शव र १० घाइतेलाई अस्पतालमा ल्याइएको थियो। गम्भीर घाइतेमध्ये दुईजनालाई पेशावर लगिएको छ भने अन्य आठ जनाको कोहट अस्पतालमा उपचार भइरहेको छ।
खैबर पख्तुनख्वा प्रहरी र स्थानीय नागरिक प्रशासनले दाराबु काचमा अवैध सुन खानीमा संलग्न व्यक्तिहरू विरुद्ध कारबाही सुरू गरेको छ। प्रहरी प्रवक्ता मुहम्मद नौमान जेबले आक्रमणको क्रममा पाँचवटा प्रहरी सवारी साधनमा पनि आगजनी गरिएको बताए।बताए।
खैबर पख्तुनख्वाका गभर्नर फैसल करीम कुन्डीले प्रहरीको मृत्युप्रति शोक व्यक्त गर्दै विस्तृत प्रतिवेदन मागेका छन्। पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडीजका अनुसार अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म पाकिस्तानको सुरक्षा अवस्था अत्यन्तै अस्थिर रह्यो।
यस अवधिमा,खैबर पख्तुनख्वा र आदिवासी जिल्लाका केही भागहरूमा चरमपन्थी गतिविधिहरू फेरि बढेको र तिनीहरू विरुद्धको कारबाही तीव्र पारिएको बताइएको छ।