मुख्य समाचार
मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना गम्भीर घाइते
मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

: बरहथवा नगरपालिका ८ गर्जहा पुलस्थित सडकखण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । गएराति अन्दाजी बरहथवाबाट हिरापुरतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा बरहथवा नगरपालिका ८ बस्ने २२ वर्षीय रौशन मण्डल र ३२ वर्षीय रघुनाथ मण्डल घाइते भएका छन्। दुवै जनाको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेका उनीहरूलाई नगर अस्पताल बरहथवामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज लगिएको छ।

प्रहरीका अनुसार घटनास्थलमा हेलमेट र चप्पल फेला परे पनि दुर्घटनामा संलग्न मोटरसाइकल फेला परेको छैन भने चालकको पहिचानसमेत खुल्न सकेको छैन। प्रारम्भिक विवरणअनुसार दुवै घाइतेले मादक पदार्थ सेवन गरेको पाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले राष्ट्रिय रोजगारसम्बन्धी ऐन बनाउन लागेको छ । यसका निम्ति युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय रोजगारसम्बन्धी विधेयकको मस्यौदा तयार पारेर अगाडि बढाएको छ । ३० असोज २०८३ मा बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयकको सिद्धान्त स्वीकृत गरेको थियो । त्यस निर्णयसँगै राष्ट्रिय रोजगारसम्बन्धी विधेयकको मस्यौदालाई युवा, श्रम तथा रोजगार मन्त्रालयले अगाडि बढाएको हो । यो विधेयकलाई अर्थ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताए । उनले लेखेका छन्, ‘छठ मनाउन ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको खबरले आफूलाई स्तब्ध र अत्यन्तै मर्माहत बनाएको थापाले बताएका छन् । सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली ...
: काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ बुडोल डाँडामा दुई बस एकआपसमा ठोक्किँदा २५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । बिहीबार बिहान धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एक आपसमा ...
: तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन्। कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा ७८ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा ५ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो। त्यस्तै, सोहि अवधिमा चेकिङको क्रममा ५९५ जनालाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा नियन्त्रणमा ...