मुख्य समाचार
टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु
टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

। जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो करिब साढे ४ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा टिपरले स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक युवकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार पिडारी चोकबाट रत्नसागर तर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटीलाई सोही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले ठक्कर दिएको हो ।


दुर्घटनापछि प्रहरीले स्कुटी, टिपर र टिपर चालक महोत्तरीको भंगहा नगरपालिका–७ सितापुर निवासी २२ वर्षीय सचिनकुमार सिंहलाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। देशका विभिन्न तीन जिल्लाबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, सुनसरी र बाँकेबाट लागूऔषधसहित ५ जना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ७५ ट्याब्लेट सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनाका घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले छठ मनाउन घर फर्किंदै गरेका नागरिकहरूले दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको लामिछानेले बताएका छन्। ...
। देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७ कञ्चनबजारबाट ...
। विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा अघि बढेको छ । वर्तमान सरकारले विज्ञान, प्रविधि र आविष्कारको क्षेत्रलाई संस्थागत र प्रभावकारी बनाउन भनेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेको हो । तर यसका लागि छुट्टै ऐन छैन । ३० वैशाख २०८३ मा स्थपना भएको यो मन्त्रालयको नेतृत्व २६ जेठ २०८३ देखि डा. महावीर पुनले गर्दै ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन् । सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर छठका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेको रास्वपा सांसद मनिष झाले जानकारी दिए । झाले सभापति लामिछानेले जनकपुर आउने भएपछि तयारी ...