मुख्य समाचार
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम

। साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ ।

बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको हो ।

कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल अगावै ६ विकेट गुमाएर पूरा गरेको हो ।

६ खेलबाट लुम्बिनी ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिग चरणको आफ्नो अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ ।


अर्कोतर्फ लगातार चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना भने कमजोर बनेको छ । सुरुवाती दुई खेलमा जित हात पारेको कर्णालीले त्यसपछि लगातार चार खेलमा पराजित भएको हो । कर्णाली ६ खेलबाट ४ अंकसहित सातौं स्थानमा छ ।

लुम्बिनीका लागि डार्शी सर्टले सर्वाधिक ४६ रन बनाए । उनी अर्धशतक बनाउनबाट ४ रनले चुके । १४औं ओभरमा आउट हुनुअघि उनले ३४ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । दिलिप नाथले अविजित २८ रनको योगदान गरे ।

सुरुवात देखि नै विकेट गुमाएपनि डार्शी सर्टले एक छेउबाट लुम्बिनीको इनिङ्स सम्हालेका थिए ।

आसिफ पौडेल र कप्तान रोहित पौडेल समान १ तथा सन्दीप जोरा ४ रनमा आउट भएपछि लुम्बिनीले १९ रनमै ३ विकेट गुमाएको थियो । सर्ट र निरोशन डिकवेला मिलेर चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे ।

डिकवेलाले १३ बलमा २ चौका मदतमा १६ रन जोडे । डिकवेला आउट भएपछि डार्शी सर्टले दिलीप नाथसँग मिलेर इनिङ्स अघि बढाएका थिए । तर सर्ट पनि आउट भएपछि दिलीप नाथले लुम्बिनीको इनिङ्स सम्हाले ।

शमिम हुसेन ५ रन जोडेर आउट भए । दिलीप नाथले २७ बल खेल्दै ४ चौका मदतमा अविजित २८ रन बनाए । उनले हुसेन तलतको बलमा विजयी चौका प्रहार गरे ।

बलिङमा कर्णालीका लागि मार्क वाटले शानदार प्रदर्शन गरे । उनले ४ ओभरमा १ ओभर मेडन राख्दै १२ रन मात्र खर्चेर ४ विकेट लिए । पवन सर्राफ र हुसेन तलतले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनमा अलआउट भएको थियो ।

कर्णालीका लागि सोमपाल कामीले १८ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा सर्वाधिक २८ रन बनाए । हुसेन तलतले २२ बल खेल्दै २ चौका र १ छक्का मदतमा २४ रन जोडे । पवन सर्राफले २४ रन खेल्दै जम्मा १२ रन बनाए । गुल्सन झाले १३ रन जोडे ।

बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका दीपेन्द्र रावत खाता नखोली आउट भए । अरिफुल इस्लाम र दीपक डुम्रे समान ४, नया कप्तान डेभिड मिलर ५, मार्क वाट २ र नन्दन यादव ३ रन बनाएर आउट भए ।

१५ रनमै ४ विकेट गुमाएको कर्णालीका लागि पवन र सोमपालले ४० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर नियमित अन्तरमा विकेट गुमाएपछि कर्णालीको रन गति रोकिएको थियो ।

लुम्बिनीका लागि बलिङमा अभिशेष गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले २-२ विकेट लिए । यस्तै रुबेन ट्रम्पलम्यान र शेर मल्लले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २२ औं खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिक विकेट लिएका छन्। त्रिवि क्रिकेट मैदानमा आज सन्दीप पोखराविरुद्धको खेलमा चम्किएका हुन्। उनले १४.३, १४.४, १४.५ मा लगातार पोखराका ३ ब्याटरलाई पेभेलियन फर्काए। उनले १४.३ ओभरमा युवराज सम्रालाई क्याच गराउँदा १४.४ मा पोखराका कप्तान चमिका करुणारत्नेलाई एलबीडब्ल्यू ...
: नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २२औं खेलमा विराटनगर किंग्ससँग ४ विकेटले पराजित हुँदा पोखरा एभेन्जर्स प्लेअफ समीकरणबाट बाहिरिएको हो। ६ खेलमा ५ हारसहित पोखरा बाहिरिँदा समान ६ खेल खेलेको विराटनगर किंग्सको भने यो तेस्रो जित हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रन बनाउँदै अलआउट भएको थियो। पोखराले ...
: नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २१औं खेलमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग २७ रनले पराजित भएको छ। ‘लो स्कोरिङ’ खेलमा सुदूरपश्चिमले १२० को योगफल जोगाउन निकै राम्रो बलिङ गर्‍यो। यो सुदूरपश्चिमको चौथो जित हो। जनकपुरको भने यो चौथो हार हो। चौथो हार बेहोरेसँगै जनकपुरको प्लेअफ सम्भावना भने निकै झिनो बाँकी रहेको छ। त्रिवि क्रिकेट स्टेडियममा ...
: नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ । हङकङसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । चार टोली सहभागी प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित निकाल्यो भने दुई खेल वर्षाका कारण नतिजाविहीन बने । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ७ विकेटले ...
। ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान अयान मिसबाहले अविजित रहेर ७५ रन बनाए । यायिन राइले ३२ तथा अहमद खुदादले २४ रन ...