मुख्य समाचार
ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताए
ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताए

। स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको चर्चाप्रति टिप्पणी गर्दै आन्दोलनभन्दा जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् ।

‘अहिले आन्दोलनको आवश्यकता छैन। आन्दोलन गरेर देश निर्माण हुँदैन,’ उनले भने ।

उनले सरकार ढाल्ने उद्देश्यले आन्दोलन गर्नुभन्दा सुकुमवासीलाई घर उपलब्ध गराउन र बाढीपीडितको पुनःस्थापनाका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए ।


‘अहिले सरकार ढाल्न आन्दोलन गर्ने होइन, सुकुमवासीलाई घर बनाइदिन आन्दोलन गर्नुपर्‍यो,’ उनले भने ।

धमलाले सरकारलाई सुशासन स्थापना गर्न, बढ्दो महँगी नियन्त्रण गर्न तथा सुकुमवासी र बाढीपीडितका समस्या समाधान गर्न आग्रह गरे । प्रधानमन्त्री र अर्थमन्त्रीले मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो ।

बाढीपीडितको पुनःस्थापना तथा पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले आगामी ६ महिनाभित्र पीडितका लागि घर निर्माण गरिसक्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोरङको केराबारीमा जंगलभित्र महिलाको रहस्यमय शव फेला परेको छ। घरबाट करिब एक किलोमिटर टाढा रहेको जंगलमा बिहीवार साँझ स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। केराबारी गाउँपालिका–२ फैबाकी ३१–३२ वर्षीया पार्वती लिम्बू मृत फेला परेकी हुन् । उनको शव अर्धनग्न अवस्थामा रहेको र कम्मरमुनिको भागमा कपडा नभएको प्रहरीले जनाएको छ । घटनास्थलको प्रारम्भिक निरीक्षण ...
। नेपाल उद्योग वाणिज्य महासंघ निवर्तमान अध्यक्ष तथा आईएमई समूह अध्यक्ष चन्द्रप्रसाद ढकालले युनाइटेड अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । यूएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुगेका ढकालले बिहीबार दुबईमा यूएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता ...
: सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय धरानले बिहिवार राती धरान उपमहानगरपालिका–११ स्थित सेवालुङ चोकमा रहेको सन्जुहाङ लिम्बुको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी भीषणबाबू राईले बताएका छन्। उनले पक्राउ परेका जुवाडेको साथबाट ५ लाख ९२ हजार ५ सय रुपैयाँ नगद, १२ ...
: धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। मृत्यु हुनेमा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५, तारानगरकी ३५ वर्षीया सुशिला बम रहेकी छन्। प्रहरीका अनुसार बिहीबार साँझ ७:०० बजे धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत ...
। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । समितिमा ...