मुख्य समाचार
जंगलभित्र महिलाको रहस्यमय शव फेला
जंगलभित्र महिलाको रहस्यमय शव फेला

: मोरङको केराबारीमा जंगलभित्र महिलाको रहस्यमय शव फेला परेको छ। घरबाट करिब एक किलोमिटर टाढा रहेको जंगलमा बिहीवार साँझ स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

केराबारी गाउँपालिका–२ फैबाकी ३१–३२ वर्षीया पार्वती लिम्बू मृत फेला परेकी हुन् । उनको शव अर्धनग्न अवस्थामा रहेको र कम्मरमुनिको भागमा कपडा नभएको प्रहरीले जनाएको छ ।

घटनास्थलको प्रारम्भिक निरीक्षण गर्दा मृतकको शरीरमा बाहिरबाट देखिने कुनै पनि चोटपटक नपाइएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। उनका अनुसार घटनास्थलमा तत्काल कुनै शंकास्पद वस्तुसमेत फेला परेको छैन।


मृतक लिम्बू विवाहित महिला हुन्। स्थानीयवासीबाट प्राप्त जानकारीअनुसार उनी र उनका पतिबीच आपसी विवाद तथा झैझगडा हुँदै आएको थियो। प्रहरीले पारिवारिक विवादको पाटोलाई पनि गम्भीरतापूर्वक लिएर अनुसन्धान अगाडि बढाएको छ। तर, यही विवादकै कारण उनको मृत्यु भएको हो भन्ने निष्कर्षमा भने प्रहरी पुगिसकेको छैन।

घटनाको गम्भीरता र प्रकृतिलाई मध्यनजर गर्दै फरेन्सिक चिकित्सकसहितको विशेष अनुसन्धान टोलीलाई घटनास्थलमा परिचालन गरिएको एसपी कटवालले बताए। उनका अनुसार घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान अघि बढाइएको छ ।

शव अर्धनग्न अवस्थामा भेटिए पनि शरीरमा बाहिरी चोटपटक नदेखिएका कारण मृत्युको यकिन कारण खुल्न सकेको छैन। पोस्टमार्टम (शव परीक्षण), फरेन्सिक जाँचको प्रतिवेदन र प्रहरीको विस्तृत अनुसन्धानपछि मात्रै मृत्युको कारण तथा घटनासँग जोडिएका अन्य तथ्य स्पष्ट हुने प्रहरीको भनाइ छ । 'महिलाको मृत्युको यो घटना रहस्यमय छ, हामी विभिन्न कोणबाट गहिरो अनुसन्धान गरिरहेका छौँ,' एसपी कटवालले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको चर्चाप्रति टिप्पणी गर्दै आन्दोलनभन्दा जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् । ‘अहिले आन्दोलनको आवश्यकता छैन। आन्दोलन गरेर देश निर्माण हुँदैन,’ उनले ...
। नेपाल उद्योग वाणिज्य महासंघ निवर्तमान अध्यक्ष तथा आईएमई समूह अध्यक्ष चन्द्रप्रसाद ढकालले युनाइटेड अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । यूएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुगेका ढकालले बिहीबार दुबईमा यूएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता ...
: सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय धरानले बिहिवार राती धरान उपमहानगरपालिका–११ स्थित सेवालुङ चोकमा रहेको सन्जुहाङ लिम्बुको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी भीषणबाबू राईले बताएका छन्। उनले पक्राउ परेका जुवाडेको साथबाट ५ लाख ९२ हजार ५ सय रुपैयाँ नगद, १२ ...
: धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। मृत्यु हुनेमा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५, तारानगरकी ३५ वर्षीया सुशिला बम रहेकी छन्। प्रहरीका अनुसार बिहीबार साँझ ७:०० बजे धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत ...
। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । समितिमा ...