मुख्य समाचार
संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको भीषण सडक दुर्घटनामा १४ जनाको मृत्यु
संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको भीषण सडक दुर्घटनामा १४ जनाको मृत्यु

: संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको भीषण सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।दुर्घटनामा थप ३० जना घाइते भएका छन्।

१८ वटा कार तथा अन्य सवारीसाधन र पाँचवटा ट्रक एक आपसमा ठोक्किएर दुर्घट्ना भएको थियो । यूएईको आन्तरिक मामिला मन्त्रालयका अनुसार बिहीबार मध्यराति फुजैराह प्रवेश गर्ने शेख खलिफा बिन जायद सडकमा दुर्घटना भएको हो।

दुर्घट्नामा एउटा ट्रकका चालकले नियन्त्रण गुमाएपछि अर्को सवारीसाधनमा ठक्कर दिएका थिए। ठक्करबाट उक्त सवारीसाधन पल्टिएको थियो। त्यसपछि सडकमा ट्राफिकका कारण रोकिएका अन्य सवारीसाधन समेत आगो फैलिएको थियो।

दुर्घटनालगत्तै प्रहरी, एम्बुलेन्स तथा सिभिल डिफेन्सका उद्धार टोली घटनास्थल पुगेका थिए। घाइतेलाई प्राथमिक उपचारपछि विभिन्न अस्पतालमा पुर्‍याइएको थियो।

घाइतेमध्ये १५ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी घाइतेको स्थानिय अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक रहेको जनाईएको छ। मृतकहरुको पहिचानको बारेमा भने मन्त्रालयले थप खुलाउन बाँकी छ ।

फुजैराह प्रहरीले दुर्घटनाको कारण र परिस्थितिबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न, तोकिएको गतिसीमा कायम राख्न र अगाडिको सवारीसाधनसँग पर्याप्त दूरी कायम गर्न आग्रह गरेको छ। आन्तरिक मामिला मन्त्रालयले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले प्रशासनले आफूलाई लेहस्थित घरमै नजरबन्दमा राखेको दाबी गरेका छन् । डिसेम्बरमा तय गरिएको लद्दाख स्वायत्त पहाडी विकास परिषद् (एलएएचडीसी) को निर्वाचन स्थगित गर्न माग गर्दै प्रदर्शनमा उत्रिएपछि उनलाई नजरबन्दमा राखिएको हो । सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राममा भिडियो सन्देश तथा पोस्ट सेयर गर्दै वाङ्चुकले आफ्नो निवास वरिपरि दर्जनौं हतियारधारी सुरक्षाकर्मी ...
चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानसँग ‘शान्तिपूर्ण एकीकरण’को लागि आह्वान गरेका छन् । बिहीबार बेइजिङमा चिनियाँ क्रान्तिकारी नेता डा. सन यात–सेनको १६० औँ जन्मजयन्ती समारोहमा सम्बोधन गर्दै सीले ‘इतिहासको प्रवाहलाई कसैले रोक्न नसक्ने’ भन्दै शान्तिपूर्ण एकीकरणमा आउन तइवानसँग आह्वान गरेका हुन् । सम्बोधन क्रममा सीले सैन्य बल प्रयोगबारे भने कुनै प्रत्यक्ष कुरा निकालेनन् । सीले यस्तो सम्बोधन गरे ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले गाजाको पछिल्लो अवस्थालाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरेको आरोप लगाएका छन् । उनले गाजामा भइरहेको अवस्थालाई ‘मौन नरसंहार’को संज्ञा दिँदै यसबारे सञ्चारमाध्यममा लगभग शून्य ध्यान दिइएको बताएका छन् । अराघचीले एक्समा लेख्दै गाजाको भयावह अवस्था अब पश्चिमा सञ्चारमाध्यमका प्रमुख समाचार बन्न छाडेको बताएका छन् । उनले यस्तो अवस्था लज्जास्पद भएको टिप्पणी गरेका छन् । समाचारमा ...
: पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहटमा अवैध सुन खानीविरुद्धको अभियानबाट फर्किरहेको प्रहरी टोलीमाथि आक्रमण भएको छ। आक्रमणमा कम्तिमा १० सुरक्षाकर्मी र १८ आतङ्ककारी मारिएका छन्। कोहट प्रहरी प्रवक्ता नोमान जेबले बीबीसी उर्दूलाई बताएअनुसार मृत्यु हुनेमा डीएसपी दर्जाका अधिकारी हैदर जमान पनि छन्। खैबर पख्तुनख्वा प्रहरीका अनुसार कोहट शहर नजिकैको दाराबुकाच क्षेत्रमा प्रहरीले स्थानीय प्रशासनसँग संयुक्त ...
। इरानले अमेरिका र इजरायलसँगको युद्धपछि होर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ । इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले उक्त जलमार्गको निगरानी र व्यवस्थापनबारे इरान र ओमानबीच समझदारी भएको जानकारी दिएका छन्। अल जजिरासँगको अन्तर्वार्तामा उहाँले युद्ध अन्त्यका लागि अमेरिकासमक्ष सातबुँदे प्रस्ताव पठाइएको र कतारमार्फत जवाफको प्रतीक्षा भइरहेको बताए। प्रस्तावमा अमेरिकी ...