मुख्य समाचार
आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न
आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न

। राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ ।

कार्यालयले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्यांक प्रशोधन पूरा गरेको हो । बाँकी बागमती प्रदेशका प्रतिष्ठानको तथ्यांक प्रशोधन कार्य भइरहेको गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार प्रशोधन गरिएका करिब ११ लाख व्यावसायिक प्रतिष्ठानका विवरणमा रहेका त्रुटि, दोहोरिएका विवरण तथा अङ्कगत असङ्गति सच्याएर तथ्याङ्कको गुणस्तर सुनिश्चित गर्ने काम भइरहेको छ ।

आर्थिक गणनामा कूल १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान समेटिएका थिए । गत वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन गरिएको गणनामा सङ्कलित विवरणलाई सही, विश्वसनीय र उपयोगी बनाउन लगत प्रशोधनका विभिन्न चरण पूरा गरिँदै छ ।


प्रतिष्ठानको प्रकृतिअनुसार औद्योगिक, व्यापारिक तथा सेवामूलक क्षेत्रका रूपमा वर्गीकरण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिने निर्देशक ढकालले बताए ।

कागजी तथा डिजिटल फाराममा सङ्कलित विवरण केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्ट गर्ने काम अन्तिम चरणमा पुगेको छ । हालसम्म करिब सात लाख व्यावसायिक प्रतिष्ठानको विवरण प्रविष्ट गरिएको उनले जानकारी दिए ।

गणनामा व्यावसायिक कृषि, खानी, उत्पादन तथा उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्थासम्बन्धी प्रतिष्ठानको विवरण समेटिएको छ ।

तथ्यांक प्रविष्टि तथा प्रशोधनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । आर्थिक गणनाको प्रतिवेदन तयार भएपछि देशको आर्थिक विकासमा हुने लगानीले सिर्जना गर्ने रोजगारी, वस्तु उत्पादन तथा समग्र अर्थतन्त्रमा पार्ने प्रभावको विश्लेषण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनियाकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच कतारको दोहामा भएको भेटवार्तामा यस्तो छलफल भएको हो । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को विश्व दूरसञ्चार नीति मञ्च २०२६ मा सहभागी हुने क्रममा भएको ...
: ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीबाट त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले प्रभावित पारेका नुवाकोटवासीको पुनःस्थापनामा ढिलाइ भइरहेको पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताएका छन्। बाढीका कारण विभिन्न स्थानमा घरबारविहीन भएकाहरूलाई सरकारले छिटोभन्दा छिटो पुनःस्थापना गर्नुपर्नेमा उनले जोड दिए। प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीले बिहीबार एक धारणा सार्वजनिक गर्दै नुवाकोटसहित त्रिशूली बाढीपीडितको पुनःस्थापनामा सरकारको अकर्मण्यताका कारण ढिलाइ ...
। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । टर्कीए अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकामा महासचिव गुटेरेसप्रति आभार व्यक्त गरे । उनले संयुक्त राष्ट्रसंघको नेतृत्व गर्दै ...
: श्रद्धा र निष्ठाको महान पर्व छठअन्तर्गत आज व्रतालुहरूले 'नहाय-खाय' विधि गर्दैछन्। बिहानै नदी, ताल, तलैया वा जलाशयमा गई स्नान गरिने यस विधिलाई स्थानीय भाषामा 'नहाय-खाय' भनिन्छ। छठ पर्वको दोस्रो दिन आज व्रतालुहरूले अनिवार्य रूपमा यो विधि अपनाउने गर्दछन्। पर्वको दोस्रो दिन भोलि शनिबार 'खर्ना' मनाइन्छ। खर्नाका दिन व्रतीहरू दिनभर उपवास बसी राति छठ देवतालाई आगमनको ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच शिष्टाचार भेटवार्ता भएको छ । भारतको विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलनमा सहभागी हुन पुगेका मन्त्री यादवले बिहीबार मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् । भेटका क्रममा मन्त्री साहले नेपाल र आन्ध्र प्रदेशबीच द्विपक्षीय व्यापार अभिवृद्धि, लगानी प्रवद्र्धन तथा धार्मिक एवं आरोग्य पर्यटन ...