मुख्य समाचार
सर्वोच्च अदालतका नवनियुक्त चारजना न्यायाधीशले सपथ ग्रहण
सर्वोच्च अदालतका नवनियुक्त चारजना न्यायाधीशले सपथ ग्रहण

: सर्वोच्च अदालतका नवनियुक्त चारजना न्यायाधीशले सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायाधीशहरू रत्नबहादुर बागचन,चन्द्रबहादुर सारु,जनक पाण्डे र गोकर्ण डाँगीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज बिहान उनीहरुलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र पारेको छ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने भएको छ। भेलाको तयारीलाई अन्तिम रूप दिन आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी सचिव ...
। ‘रोनाल्डो’को मृत्यु भएपछि सौराहाको हात्ती प्रजनन केन्द्रलाई आफ्नो पकडमा लिन जंगली भाले हात्तीहरुका बीचमा शक्ति संर्घष बढ्दै गएको छ । गत ३ असोजमा बरण्डाभार क्षेत्रको बिसहजारी ताल नजिकै रहेको नेपाली सेनाको पोष्टमा लगेको विद्युतीय तार चपाउँदा ४५ वर्षका चर्चित भाले हात्ती रोनाल्डोको मृत्यु भएको थियो । रोनाल्डोको मृत्युपछि उसको ठाँउ कसले लिने भनेर प्रजनन केन्द्रमा ...
: सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२,देउराली हुत्तिखिममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले जानकारी दिए । घाँस काट्न चिउरीको रुखमा चढेका लिम्बूको लडेर घटनास्थलमै मृत्यु भएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनको शव पोस्टमार्टमका लागि ...
। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् । प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य पनि सहभागी छन् । उनीहरू आजै रुसी समय सनुसार राति साढे ११ बजे मस्को पुग्नेछन् । त्यसपछि पाँच दिन रूसमै रहनेछन् । अखिल रूसी ...
: छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग सोमबार (कात्तिक ३० गते)खुला रहने भएको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए। महानिर्देशक विश्वकर्माका अनुसार विभागले अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा प्रदान गर्नेछ। सार्वजनिक ...