मुख्य समाचार
प्रचण्ड पाँच दिन रुसमा रहने
प्रचण्ड पाँच दिन रुसमा रहने

। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् ।

प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य पनि सहभागी छन् । उनीहरू आजै रुसी समय सनुसार राति साढे ११ बजे मस्को पुग्नेछन् ।

त्यसपछि पाँच दिन रूसमै रहनेछन् । अखिल रूसी राजनीतिक दल (अल रसियन पोलिटिकल पार्टी) को आयोजनामा यही नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा फर द फ्रिडम अफ नेसन्स अर्थात् राष्ट्रहरूको स्वतन्त्रताका लागि शीर्षकको विश्व सम्मेलन हुँदैछ ।

प्रचण्ड उक्त सम्मेलनमा सहभागी हुनेछन् । यो सम्मेलनमा विश्वभरका कम्युनिस्ट उपस्थित हुनेछन् ।


यो सम्मेलनको उदेश्यमा शक्तिशाली राष्ट्रहरूले कमजोर तथा विकासशील मुलुकमाथि आर्थिक, राजनीतिक र रणनीतिक प्रभाव विस्तार गर्ने प्रवृत्तिको विरोध गर्ने रहेको छ ।

प्रत्येक देशले आफ्नो राजनीतिक प्रणाली, विकासको बाटो र राष्ट्रिय नीति आफैँ निर्धारण गर्न पाउनुपर्ने मान्यता राखेर अल रसियन पोलिटिकल पाटीले विगतमा पनि यस्ता सम्मेलन आयोजना गरेको छ ।

विश्व राजनीतिमा अमेरिका तथा पश्चिमा शक्तिहरूको एकल प्रभावभन्दा धेरै शक्तिकेन्द्र भएको विश्व व्यवस्थाको पक्षपोषण गर्ने र विकासशील तथा ग्लोबल साउथका मुलुकबीच राजनीतिक र आर्थिक सहकार्य विस्तार गर्ने उदेश्यले सन् २०२४ मा पनि मस्कोमै फर द फ्रिडम अफ नेसन्स फ अ जस्ट वल्र्ड शीर्षकमा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो ।

अल रसियन पोलिटिकल पाटी पनि यो आफैँमा कुनै पार्टी होइन । अखिल रूसी राजनीतिक दल रूसभरि क्रियाशील राजनीतिक पार्टीहरू हुन् ।

प्रचण्डका स्वकीय सचिव केशव रावलका अनुसार पाँच दिन रूसमा रहेर प्रचण्ड स्वदेश फर्किनेछन् ।

उनका अनुसार रूसमा रहँदा प्रचण्डले राष्ट्रहरूको स्वतन्त्रताका लागि शीर्षकको विश्व सम्मेलनमा सहभागिता तथा आवश्यक भेटघाट गर्नेछन् ।

रूसबाट फर्किएर प्रचण्ड यही नोभेम्बर १९ मा नेपाल आइपुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: छठ पर्वका लागि चाहिने केरा, नरिवल, उखु लगायतका सामग्री किन्न काठमाडौं उपत्यकाका विभिन्न बजारमा भीड लागेको छ। छठ पर्वको मुख्य दिन नजिकिँदै जाँदा काठमाडौंको कालीमाटी, कुलेश्वर लगायतका स्थानमा किनमेल गर्नेहरूको घुइँचो लागेको हो। छठका लागि विशेष रूपमा चाहिने केरा र नरिवल जस्ता सामग्री स्वदेशमा नै उपलब्ध भए पनि उखु लगायत अन्य फलफूल भने भारत लगायतका ...
। चीन भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरिरहेका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चलिरहेको छ । बिहान सवा ११ बजेदेखि नै छलफल सुरु भएको हो । रास्वपाका २० जना नेताहरू आइतबार (२९ कात्तिक) देखि चीन भ्रमणमा जाँदै छन् । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपामा २० जना ...
: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो थाई गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २५ वर्षीय सुबोध कुमार रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो गौचरणबाट खटिएको टोलीले थाई एयरवेजको टीजी–३१९ मार्फत आएका यात्रुहरूलाई जाँच गर्ने क्रममा उनलाई गाँजासहित पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट तीन किलो गाँजासँगै एक थान मोबाइल र एक थान पासपोर्टसमेत ...
: नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र पारेको छ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने भएको छ। भेलाको तयारीलाई अन्तिम रूप दिन आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी सचिव ...
। ‘रोनाल्डो’को मृत्यु भएपछि सौराहाको हात्ती प्रजनन केन्द्रलाई आफ्नो पकडमा लिन जंगली भाले हात्तीहरुका बीचमा शक्ति संर्घष बढ्दै गएको छ । गत ३ असोजमा बरण्डाभार क्षेत्रको बिसहजारी ताल नजिकै रहेको नेपाली सेनाको पोष्टमा लगेको विद्युतीय तार चपाउँदा ४५ वर्षका चर्चित भाले हात्ती रोनाल्डोको मृत्यु भएको थियो । रोनाल्डोको मृत्युपछि उसको ठाँउ कसले लिने भनेर प्रजनन केन्द्रमा ...