मुख्य समाचार
कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने
कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने

। नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ ।

अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु हुने प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने जनाएको छ ।

मंसिर ६ गते बन्दसत्र तथा निर्वाचन प्रक्रिया पोखरा महानगरपालिका–९, बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।

अधिवेशनमा एक हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने आयोजक समितिले जनाएको छ । ३६ प्रदेश निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७५६ प्रदेश प्रतिनिधि र १८ संघीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६३० केन्द्रीय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।


त्यस्तै, ३६ प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, प्रदेशका ८५ वटै पालिकाका पार्टी सभापति र सभापतिबाट मनोनीत ४० प्रदेश प्रतिनिधिसहित विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा प्रदेश र संघीय सांसदहरूको सहभागिता रहनेछ ।

अधिवेशनबाट गण्डकी प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन हुनेछ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये हालसम्म पाँच जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ ।

कास्कीमा ऋषिराम काफ्ले, पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण), स्याङ्जामा इन्द्र गोदार, म्याग्दीमा हिराबहादुर पुन र मनाङमा राजीव गुरुङ (दीपक मनाङे) को नेतृत्वमा जिल्ला कार्यसमिति निर्विरोध चयन भएका छन् ।

बाँकी जिल्लाको अधिवेशन पनि प्रदेश अधिवेशनअघि सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । जसअनुसार नवलपुरमा कात्तिक २८ गते, लमजुङमा मंसिर १ गते, तनहुँमा मंसिर २ गते तथा बागलुङ र गोरखामा मंसिर ३ गते जिल्ला अधिवेशन गर्ने तयारी छ । मुस्ताङमा पनि छिट्टै अधिवेशन सम्पन्न गर्ने गृहकार्य भइरहेको आयोजक समितिले जनाएको छ ।

प्रदेश अधिवेशनका लागि आवश्यक व्यवस्थापकीय तयारी करिब पूरा भएको समितिले जनाएको छ । प्रदेश उपसभापति मेखलाल श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

त्यस्तै, प्रचारप्रसार, अर्थ व्यवस्थापन, भोजन व्यवस्थापन, अतिथि स्वागत तथा सांस्कृतिक र मञ्च व्यवस्थापनलगायतका उपसमिति गठन गरी तयारी अघि बढाइएको छ ।

अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्न नेपाल बार एसोसिएसनका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं अधिवक्ता वीरेन्द्र केसीको संयोजकत्वमा प्रदेश निर्वाचन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीवार बिहान भएको ईभी भ्यान दुर्घटनाका मृतक परिवार शव उठाउन तयार बनेका छन् । संघीय सरकारसँग पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै पीडित परिवारका आफन्तले बिहबारदेखि नै शव उठाउन मानेका थिएनन् । जस ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन कांग्रेस बाध्य हुने बताए । पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा नै संशय उत्पन्न भएको भन्दै सरकारले निर्वाचनको तयारी र प्रतिबद्धता ...
। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’ भनेर सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको आलोचना गरेका हुन् । विजयादशमी र तिहारपछि तराई–मधेशमा छठ पर्वको माहोल घरआँगनमा भित्रिइसकेको उल्लेख गर्दै उनले यसपटकका चाडपर्वहरू उल्लासपूर्ण हुन नसकेको बरू लाखौं नेपालीका ओठमा मुस्कान नभएर आँशु र ...
। श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमा मृत फेला परेपछि स्थानीय बासिन्दाहरूले जनकपुर–ढल्केबर सडकखण्ड अवरुद्ध गरेका छन् । जनकपुर–ढल्केबर सडकखण्डको क्षिरेश्वरनाथ नगरपालिका कुम्हरौलस्थित रडक जाम गरेका हुन् । तीनदिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पतालको शव गृह नजिक बिहीबार मृत फेला परेका थिए । प्रादेशिक अस्पतालमा उपचाररत श्रीमतीको कुरुवा बसेका ...
। कैलालीमा चितुवाको छालासहित दुई जनालाई पक्राउ परेका छन्। धनगढी उपहानगरपालिका-४ को नयाँराम होटल नजिकै शंकास्पद रूपमा हिडिरहेका दुई जनालाई चितुवाको छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ बस्ने ३६ वर्षीय अशोक धामी र कैलाली को टीकापुर नगरपालिका- ३ बस्ने ४७ वर्षीया सिता देवी चौधरीलाई ...