मुख्य समाचार
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार

। मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीवार बिहान भएको ईभी भ्यान दुर्घटनाका मृतक परिवार शव उठाउन तयार बनेका छन् ।

संघीय सरकारसँग पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै पीडित परिवारका आफन्तले बिहबारदेखि नै शव उठाउन मानेका थिएनन् । जस कारण शवको पोस्टमार्टम पनि हुन सकेको थिएन ।

आज जिल्ला प्रशासन कार्यालय मकवानपुर, दुर्घटना अध्ययन तथा छानबिन समिति र मृतक परिवारबीच छलफल भएपछि पीडित परिवारले शव उठाउन तयार भएको छानबिन समिति संयोजक समेत रहेका मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार परिवारसँग सहमति भएसँगै शवको पोस्टमार्टम गर्ने प्रक्रिया पनि अघि बढिसकेको छ ।

सहायक प्रजिअ पौडेलका अनुसार अध्ययन समितिको प्रतिवेदनमा पीडित पक्षको माग पनि समावेश गर्ने, कानुन बमोजिम प्राप्त हुने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारसँग पहल गर्ने र थप राहत तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्ने सहमति बारे छलफल भएको हो ।


प्रधानमन्त्री कार्यालयले आजै विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा चासो देखाएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले राहत र क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएका छन् ।

दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस सडकबाट करिब ५ सय मिटर तल खस्दा १४ यात्रुको मृत्यु भएको थियो । दुर्घटनाको समयमा गाडीमा चालकसहित २० जना सवार थिए । ६ जना घाइते भएका छन् । उनीहरूको हेटौँडा, भरतपुर र काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा चालकसहित ६ पुरुष, २ महिला र ३ बालिका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय र अन्दाजी १७ वर्षका सुधेश यादव, सर्लाहीकै कबिलासी गाउँपालिका–८ का करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डल छन् ।

अन्य मृतकहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका हुन् । मृत्यु हुनेमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीय पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, अन्दाजी ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० जना प्रस्तावित राजदूतहरूको नाम पठाएकोमा शुक्रबारसम्म तीन देशका राजदूतको अग्रिमो प्राप्त भइसकेको छ । भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा ...
। कैलालीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर ७ वर्षीय बालक सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याक्टरबाट खसेर पछाडि जोडिएको रोटाभेटरमा परेका थिए । प्रहरीका अनुसार बालक ट्याक्टर चालक खडकबहादुर चौधरीका छोरा हुन् । बालकको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि प्रहरीले ट्याक्टर र चालक खडकबहादुर चौधरीलाई नियन्त्रणमा लिएको ...
। काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, जनचेतना अभिवृद्धि र समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्ने भएको हो । शुक्रवार काठमाडौं महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले हराएका तथा चोरी भएका ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन कांग्रेस बाध्य हुने बताए । पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा नै संशय उत्पन्न भएको भन्दै सरकारले निर्वाचनको तयारी र प्रतिबद्धता ...
। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’ भनेर सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको आलोचना गरेका हुन् । विजयादशमी र तिहारपछि तराई–मधेशमा छठ पर्वको माहोल घरआँगनमा भित्रिइसकेको उल्लेख गर्दै उनले यसपटकका चाडपर्वहरू उल्लासपूर्ण हुन नसकेको बरू लाखौं नेपालीका ओठमा मुस्कान नभएर आँशु र ...