मुख्य समाचार
भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाए
भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाए

। भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० जना प्रस्तावित राजदूतहरूको नाम पठाएकोमा शुक्रबारसम्म तीन देशका राजदूतको अग्रिमो प्राप्त भइसकेको छ ।

भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण राजदूतका लागि संसदीय सुनुवाइबाट अनुमोदन भएका थिए ।

सम्बन्धित मुलुकले अग्रिमो पठाएपछि अब उनीहरूलाई राजदूत नियुक्तिको बाटो खुलेको छ । राष्ट्रपतिले अब उनीहरूलाई नियुक्त गरेपछि सम्बन्धित मुलुकमा कार्यभार सम्हाल्न जानेछन् । स्रोतका अनुसार सोमबारसम्ममा उनीहरूको नियुक्ति हुने सम्भवाना छ ।


प्रधानमन्त्रीको भारत भ्रमण हुने मिति पनि नजिकिएकाले त्यसको तयारीका लागि राजदूत आवश्यक पर्छ । त्यसैले अग्रिमो आइसकेका राजदूतलाई चाँडै नियुक्ति गर्ने तयारी छ ।

अमेरिका, बेलायत, जर्मनी लगायतका सात देशबाट राजदूतहरूको अग्रिमो आउन बाँकी छ । अग्रिमो कुनै पनि राजदूत पठाउने निश्चित भएपछि सम्बन्धित देशले उक्त व्यक्तिलाई राजदूतका लागि स्वीकृति दिने प्रक्रिया हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। त्रिभुवन विश्वविद्यालयमा सबै विषयलाई सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार त्रिविका पदाधिकारीसँग त्रिविको शैक्षिक गुणस्तर बढाउन सबैमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ । त्रिविको शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको हो ...
। नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच भएको भेटवार्ताबारे जानकारी दिँदै काठमाडौंस्थित भारतीय दूतावासले मित्रता र सहकार्यका सम्बन्धहरूलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको बताएको छ । कनेक्टिभिटी, जनता–जनताबीचको सम्बन्ध ...
। कैलालीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर ७ वर्षीय बालक सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याक्टरबाट खसेर पछाडि जोडिएको रोटाभेटरमा परेका थिए । प्रहरीका अनुसार बालक ट्याक्टर चालक खडकबहादुर चौधरीका छोरा हुन् । बालकको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि प्रहरीले ट्याक्टर र चालक खडकबहादुर चौधरीलाई नियन्त्रणमा लिएको ...
। काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, जनचेतना अभिवृद्धि र समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्ने भएको हो । शुक्रवार काठमाडौं महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले हराएका तथा चोरी भएका ...
। मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीवार बिहान भएको ईभी भ्यान दुर्घटनाका मृतक परिवार शव उठाउन तयार बनेका छन् । संघीय सरकारसँग पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै पीडित परिवारका आफन्तले बिहबारदेखि नै शव उठाउन मानेका थिएनन् । जस ...