मुख्य समाचार
प्रधानमन्त्री वालेन्द्र शाहले चीनसँग नेपालका कुरा निर्धक्क भएर राख्न सुझाव
प्रधानमन्त्री वालेन्द्र शाहले चीनसँग नेपालका कुरा निर्धक्क भएर राख्न सुझाव

— प्रधानमन्त्री वालेन्द्र शाहले चीनसँग नेपालका कुरा निर्धक्क भएर राख्न सुझाव दिएका छन् । रास्वपा महामन्त्री नेतृत्वमा चीन जान लागेको २० सदस्यीय संसदीय टाेलीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले नेपाल-चीन सम्बन्धका विषयवस्तु निर्धक्क भएर राख्न भनेका हुन् ।

प्रधानमन्त्री शाहले पार्टी महामन्त्री आचार्य नेतृत्वको चीन भ्रमणमा जान लागेको टाेलीलाई पर्यटन, विकास र आपसी सम्बन्धका विषयमा छलफल गर्न भनेका हुन् । 'पार्टीको संसदीय टाेली चीन जाने भएपछि प्रधानमन्त्रीले बाेलाउनु भएको थियाे । सत्तारूढ दलकाे संसदीय टाेलीलाई नेपालकाे तर्फबाट राख्नुपर्ने विषयबारे सुझाव दिनुभएकाे छ,' आचार्यले भने ।

यस्तै, प्रधानमन्त्री साहले भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न पनि निर्देशन दिएका छन् ।

भ्रमण प्रतिनिधिमण्डलका सदस्य तथा रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकाेटी दुई देशकाे हितमा विषयवस्तु राख्न प्रधानमन्त्रीले भनेको बताए । 'सत्तारूढ दलकाे प्रतिनिधिमण्डल जाँदै छाैं । दुई देशकाे हितमा वातावरण निर्माण गर्ने, दुई देशबीचकाे सम्भावना अध्ययन गर्ने, राज्यको नीतिमा रहने कुराबारे विषय राख्नुस भन्नुभयो,' बुर्लाकाेटीले भने ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपा टोली चीन जान लागेको हो । नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउँदै आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका सदस्य तथा पार्टीका नेताहरूले शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका थिए । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री साहले दुई देशबीचको विशिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउने गरी भ्रमणलाई फलदायी बनाउन सुझाव दिएको बताए । उनका अनुसार प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा नेपालको हितलाई केन्द्रमा राखेर अध्ययन, छलफल र अनुभव आदानप्रदान गर्न निर्देशन दिएका छन् । चीनबाट नेपालले प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन तथा कृषिको आधुनिकीकरण लगायतका क्षेत्रमा महत्त्वपूर्ण लाभ लिन सक्ने भएकाले यी विषयमा विशेष ध्यान दिन प्रधानमन्त्रीले आग्रह गरेको बुर्लाकोटीले जानकारी दिए । चीनबाट लिन सकिने सम्भावित आर्थिक तथा प्राविधिक लाभका विषयमा गम्भीर अध्ययन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको उनले बताए ।

बुर्लाकोटीका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले तयार पारेको भ्रमण तालिकामा पनि यस्ता विषय समेटिएका छन् । भ्रमणलाई औपचारिक भेटघाट र पर्यटकीय गतिविधिमा मात्र सीमित नगरी दुई देशको पारस्परिक हित तथा विशेषगरी नेपालको विकास र समृद्धिमा योगदान पुर्‍याउने अवसरका रूपमा उपयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

रास्वपाको उक्त टोली नोभेम्बर १५ देखि २६ सम्म चीनमा रहनेछ । भ्रमण अवधिमा दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, कृषि आधुनिकीकरण र पर्यटनलगायतका विषयमा छलफल तथा अध्ययन हुने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा नेपाल–चीन सीमासम्बन्धी विषयमा भने छलफल नहुने बुर्लाकोटीले स्पष्ट पारे । पार्टी तहको भ्रमण भएकाले सीमा विवादको विषय कार्यसूचीमा नरहेको उनको भनाइ छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपा सांसदहरूको प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्नेछ ।टोली चीनमा १० दिन रहनेछ ।

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रमेश सापकोटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर, परीक्षा प्रणाली व्यवस्थित तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको कार्यक्रममा त्रिविको संस्थागत ब्रान्ड स्थापित र अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठनको प्रभावकारिता बढाउने र शैक्षिक क्षमताका आधारमा विद्यार्थी कोटा निर्धारण गर्ने विषय केन्द्रित रही छलफल भयो । ...
— गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल हुने कार्यक्रम ...
। त्रिभुवन विश्वविद्यालयमा सबै विषयलाई सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार त्रिविका पदाधिकारीसँग त्रिविको शैक्षिक गुणस्तर बढाउन सबैमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ । त्रिविको शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको हो ...
। नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच भएको भेटवार्ताबारे जानकारी दिँदै काठमाडौंस्थित भारतीय दूतावासले मित्रता र सहकार्यका सम्बन्धहरूलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको बताएको छ । कनेक्टिभिटी, जनता–जनताबीचको सम्बन्ध ...
। भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० जना प्रस्तावित राजदूतहरूको नाम पठाएकोमा शुक्रबारसम्म तीन देशका राजदूतको अग्रिमो प्राप्त भइसकेको छ । भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा ...