मुख्य समाचार
अस्ट्रेलियाको मेलबर्न सहरको व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा
अस्ट्रेलियाको मेलबर्न सहरको व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा

— अस्ट्रेलियाको मेलबर्न सहरको व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन् । कर्मचारीलाई उचित पारिश्रमिक नदिएको र कर तथा अवकाश बचतसम्बन्धी कानुनी दायित्व पूरा नगरेको आशंकामा सरकारी अधिकारीहरूले ३ दिनसम्म विशेष अनुगमन गरेका हुन् ।

अस्ट्रेलियन ट्याक्सेसन अफिस (एटीओ) र फेयर वर्क ओम्बड्सम्यानका अधिकारीहरू सहभागी संयुक्त टोलीले विभिन्न व्यवसायमा आकस्मिक निरीक्षण गरेको थियो । अनुगमनका क्रममा संकलित जानकारीका आधारमा थप अनुसन्धान, लेखापरीक्षण र आवश्यक परे कानुनी कारबाही अघि बढाइने सम्बन्धित निकायले जनाएको छ ।

समुदायबाट प्राप्त सूचना तथा उजुरीका आधारमा अनुगमनका लागि व्यवसाय छनोट गरिएको बताइएको छ । नियमविपरीत काम भइरहेको जानकारी भए सर्वसाधारणले आफ्नो पहिचान गोप्य राखेर उजुरी दिन सक्ने व्यवस्था पनि छ ।

नेपाली विद्यार्थीले सुनाए कार्यस्थलका समस्या

सरकारी अनुगमनसँगै अस्ट्रेलियामा काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले भोगिरहेका समस्याबारे पनि प्रश्न उठेको छ । अध्ययनसँगै खर्च जुटाउन काम गर्ने नेपाली विद्यार्थीसमेत नगदमा काम गर्नुपर्ने, कम पारिश्रमिक पाउने, दुर्व्यवहार सहनुपर्ने र काम गरेको ज्याला नपाउने समस्याबाट प्रभावित हुने गरेका छन् ।

मेलबर्नमा काम गर्ने नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी स्मारिका राईले आफूले काम गर्ने क्रममा दुर्व्यवहार र मानसिक दबाब भोग्नुपरेको बताइन् । कानुनअनुसार पाउनुपर्नेभन्दा कम पारिश्रमिक दिइएको र काम गरेको अन्तिम समयको तलबसमेत नपाएको उनको भनाइ छ ।

त्यस्तै, सनसाइन कोस्टमा अध्ययनरत नेपाली विद्यार्थी कामना श्रेष्ठले रोजगारी दिने आश्वासनमा आफूलाई एक साता निःशुल्क काम गराइएको अनुभव सुनाइन् ।

श्रेष्ठका अनुसार सुरुमा तालिमका रूपमा एक साता काम गर्न भनिएको थियो । त्यसपछि रोजगारी दिने आश्वासन दिइए पनि पछि बुझ्दै जाँदा अन्य विद्यार्थीलाई समेत यस्तै आश्वासन दिएर निःशुल्क काम गराइएको पाइएको उनले बताइन् ।

विद्यार्थीका यी अनुभवले अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले सामना गर्नुपर्ने समस्यालाई देखाउँछन् । विशेषगरी नयाँ विद्यार्थीलाई कामको अधिकार, न्यूनतम पारिश्रमिक र रोजगारदाताको कानुनी दायित्वबारे पर्याप्त जानकारी नहुँदा उनीहरू जोखिममा पर्ने गरेका छन् ।

नगदमा तलब दिए पनि कानुनी दायित्वबाट उन्मुक्ति हुँदैन

अस्ट्रेलियाको श्रम कानुनअनुसार भिसामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले पनि अन्य कामदारसरह न्यूनतम पारिश्रमिक र कार्यस्थलका आधारभूत अधिकार पाउँछन् । नगदमा तलब दिएको अवस्थामा पनि रोजगारदाताले कर, पारिश्रमिकको अभिलेख र सुपरएनुएसनसम्बन्धी दायित्व पूरा गर्नुपर्छ ।

तालिमका नाममा गराइने सबै काम स्वतः निःशुल्क हुँदैनन् । कामको प्रकृति र परिस्थितिअनुसार कर्मचारीलाई पारिश्रमिक दिनुपर्ने कानुनी व्यवस्था छ ।

फेयर वर्क ओम्बड्सम्यानका अनुसार सन् २०२५/२६ आर्थिक वर्षमा फास्टफुड, रेस्टुरेन्ट तथा क्याफे क्षेत्रमा कार्यरत ३ हजार ५३८ कर्मचारीको बक्यौता पारिश्रमिकबापत ५६ लाख अस्ट्रेलियन डलरभन्दा बढी असुल गरिएको थियो ।

‘अपरेसन रेजोनेन्स’ नाम दिइएको पछिल्लो अभियानले रेस्टुरेन्ट तथा क्याफे क्षेत्रमा कर्मचारीको पारिश्रमिक, कर र अवकाश बचतसम्बन्धी नियम पालना भए-नभएको विषयलाई पुनः चर्चामा ल्याएको छ । अनुगमन गरिएका व्यवसायमाथिको अनुसन्धान जारी रहेकाले थप विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्किएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको मारमा परेका मुलुकको ऋण मिनाहा गर्न तथा जलवायु अनुकूलन र पुनरुत्थानका लागि अनुदान उपलब्ध गराउन माग गरेका हुन् । प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै नेपालको नागरिक ...
। गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका लागि राष्ट्रसङ्घीय मानवीय संयोजक रमिज अलक्बारोभले बिहीबारको आक्रमणबाट अस्पतालमा व्यापक क्षति पुगेको भन्दै गहिरो चिन्ता व्यक्त गरे । अन्तर्राष्ट्रिय मानवीय ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि युद्धको आर्थिक तथा राजनीतिक प्रभावबारे आलोचना बढिरहेका बेला ट्रम्पको यस्तो निर्देशन आएको हो । ट्रम्पले इरानसँग सम्झौता गर्न आवश्यक नरहेको दाबी गर्दै अमेरिकाले आफ्नो पैसा र हर्मुज ...
: अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले हुआङको राजीनामा स्वीकृत गर्दै कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ। क्रेस यसअघि कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) थिइन्। कम्पनीको सञ्चालक समितिले उनको अनुभव र नेतृत्व क्षमताका आधारमा अन्तरिम जिम्मेवारी दिएको जनाएको छ। सञ्चालक समितिका सदस्य ...
: युक्रेनले आफ्नो सेनाले प्रयोग गर्दै आएको अमेरिकी स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकको सैन्य संस्करण ‘स्टारसिल्ड’ मा पुनः व्यवस्थित अवरोध भइरहेको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारलिंक सेवामा आएको अवरोधका कारण रुसी जेट इन्जिनयुक्त ड्रोनलाई रोक्न युक्रेनी सेनालाई कठिनाइ भइरहेको बताएका छन् । उनका अनुसार पछिल्ला केही दिनदेखि जारी अवरोधले रुसी सेनालाई युक्रेनी क्षेत्रमा थप ...