मुख्य समाचार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति कायम गर्न युरोपको सुरक्षा संरचनामै परिवर्तन हुनुपर्ने माग
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति कायम गर्न युरोपको सुरक्षा संरचनामै परिवर्तन हुनुपर्ने माग

: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति कायम गर्न युरोपको सुरक्षा संरचनामै परिवर्तन हुनुपर्ने माग अघि सारेका छन् ।

अमेरिकी प्रतिनिधि स्टिभ विट्कफ र जेरेड कुशनरसँगको वार्तापछि क्रेमलिनले दीर्घकालीन शान्ति र अविभाज्य सुरक्षा संरचना आवश्यक रहेको जनाएको छ ।

रुसले युक्रेन र जर्जियालाई नेटोको सदस्य बन्न रोक्नुपर्ने तथा पूर्वी र मध्य युरोपमा नेटोको सैन्य संरचना घटाउनुपर्ने पुरानै माग फेरि अघि सारेको बिबिसिले जनाएको छ ।

पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले पश्चिमी देशहरूले रुसलाई रणनीतिक रूपमा पराजित गर्ने प्रयास गरेको भन्दै मागमा थप विषय समावेश हुन सक्ने संकेत गरेका छन् ।

युरोपेली संघकी विदेश मामिला प्रमुख काजा कलासले रुसको नयाँ सुरक्षा संरचनाको माग युद्धविरामको विषयबाट ध्यान मोड्ने प्रयास भएको टिप्पणी गरेकी छन् ।

यसैबीच, युक्रेन, रुस र अमेरिकाबीच अबुधाबीमा शान्तिवार्ता भएको छ । आगामी वार्तामा युरोपेली प्रतिनिधिहरूको सहभागिताबारे भने क्रेमलिनले अन्तिम निर्णय भइनसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विगतका सरकार र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे । उनले सरकारले आफ्नै पार्टी मात्र नभई अन्य राजनीतिक दलको ...
: नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ । पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबिच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने ...
: नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ। शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै भारतीय रेल मन्त्रालयले दुई देशबीचको सीमापार सम्पर्क सञ्जाल, धार्मिक पर्यटन र द्विपक्षीय मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको जनाएको छ। रामायणकालीन परम्परा र ऐतिहासिक आस्थासँग ...
: तराई-मधेसको महान् पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई धार्मिक आस्था र निष्ठापूर्वक पूजाआजा गरिँदैछ। मुख्य पूजाका लागि पायक पर्ने जलाशय र नदी किनारमा विशेष रूपमा तयार पारिएका घाटहरूमा अस्ताउँदो सुर्यलाई अर्घ्य दिई मुख्य पूजा गरिदैछ । गएराति 'खरना' विधि सम्पन्न गरेका व्रतालुहरू आज दिनभर उपवास बसी साँझको समयमा घरमा तयार ...
: गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी लेदोसहितको बाढीमा परी बेपत्ता भएका नागरिकलाई सरकारले औपचारिक रूपमा ‘मृतक घोषणा’ गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। बाढी गएको महिनौंसम्म निरन्तर खोजी गर्दा पनि शव फेला पर्न नसकेका कारण पीडित परिवारहरूले कानुुनी, प्रशासनिक र आर्थिक जटिलता झेल्दै आएका थिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ...