मुख्य समाचार
ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु
ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

: उदयपुरको चौदण्डीगढी नगरपालिका-१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा धनकुटा नगरपालिका-५ निवासी अन्दाजी २२ वर्षीय रोजन परियार रहेका छन् ।

शनिबार दिउँसो पौने १ बजे गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश ०२-०६० प ८७११ नम्बरको मोटरसाइकल र बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ त ५३२५ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका परियारलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट पुर्‍याइएको थियो । उपचारकै क्रममा दिउँसो २ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृतकको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । उनका आफन्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी गणेश बमले जानकारी दिए ।

दुर्घटनामा संलग्न ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका–१० निवासी २६ वर्षीय शोभितमान बस्नेत र दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको शिवसताक्षी नगरपालिका-८ स्थित बुद्धचोकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ निवासी २१ वर्षीय साहित गजमेर रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत बुद्धचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ८०३५ नम्बरको कारले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ३ प ३३४ नम्बरको मोटरसाइकललाई ...
: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विगतका सरकार र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे । उनले सरकारले आफ्नै पार्टी मात्र नभई अन्य राजनीतिक दलको ...
: नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ । पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबिच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने ...
: नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ। शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै भारतीय रेल मन्त्रालयले दुई देशबीचको सीमापार सम्पर्क सञ्जाल, धार्मिक पर्यटन र द्विपक्षीय मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको जनाएको छ। रामायणकालीन परम्परा र ऐतिहासिक आस्थासँग ...
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति कायम गर्न युरोपको सुरक्षा संरचनामै परिवर्तन हुनुपर्ने माग अघि सारेका छन् । अमेरिकी प्रतिनिधि स्टिभ विट्कफ र जेरेड कुशनरसँगको वार्तापछि क्रेमलिनले दीर्घकालीन शान्ति र अविभाज्य सुरक्षा संरचना आवश्यक रहेको जनाएको छ । रुसले युक्रेन र जर्जियालाई नेटोको सदस्य बन्न रोक्नुपर्ने तथा पूर्वी र मध्य युरोपमा नेटोको सैन्य संरचना घटाउनुपर्ने पुरानै ...