मुख्य समाचार
माइक्रोसफ्टका सेवा २२ घण्टाभन्दा बढी समय अवरुद्ध भएपछि विश्वभरका अत्यावश्यक सेवा र संस्थाहरू प्रविधिमा कति निर्भर छन् भन्ने विषयमा बहस
माइक्रोसफ्टका सेवा २२ घण्टाभन्दा बढी समय अवरुद्ध भएपछि विश्वभरका अत्यावश्यक सेवा र संस्थाहरू प्रविधिमा कति निर्भर छन् भन्ने विषयमा बहस

: माइक्रोसफ्टका सेवा २२ घण्टाभन्दा बढी समय अवरुद्ध भएपछि विश्वभरका अत्यावश्यक सेवा र संस्थाहरू प्रविधिमा कति निर्भर छन् भन्ने विषयमा बहस सुरु भएको छ ।

माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुकलगायतका सेवा प्रभावित हुँदा विश्वका विभिन्न देशका व्यवसाय, सरकारी निकाय तथा सार्वजनिक संस्थाहरूले समस्या भोग्नुपरेको थियो ।

माइक्रोसफ्टका अनुसार नियमित स्वचालित जाँचका क्रममा केही सर्भर बन्द हुँदा बाँकी सर्भरमा अत्यधिक ट्राफिकको चाप परेको थियो । त्यसकै कारण सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ । प्राविधिक टोलीले क्रमशः सेवा पुनःस्थापना गरेपछि समस्या समाधान हुन झन्डै एक दिन लागेको थियो ।

साना व्यवसायको प्रतिनिधित्व गर्ने स्मल बिजनेस चार्टरकी कार्यकारी निर्देशक फ्लोरा ह्यामिल्टनले यो घटनाले व्यवसायहरू डिजिटल प्रणालीमा कति निर्भर छन् भन्ने स्पष्ट पारेको बताएकी छन् ।

उनका अनुसार विशेषगरी साना तथा मझौला व्यवसायका लागि ग्राहक र आपूर्तिकर्तासँग सम्पर्क गर्न, कारोबार सञ्चालन गर्न तथा आम्दानी गर्न इमेल सेवा अत्यन्त महत्त्वपूर्ण हुन्छ ।

विश्वभर करिब ४३ करोड मानिसले माइक्रोसफ्ट ३६५ प्रयोग गर्दै आएका छन् । ७० भन्दा बढी देशमा यसका सेवामा समस्या देखिएको थियो। यसको प्रभाव अमेरिकी प्रतिनिधिसभाको इमेल प्रणाली, अस्ट्रेलियाका गुप्तचर निकाय, सिंगापुरका अदालतका प्रणाली तथा भारतका विमान सेवा सहयोग केन्द्रसम्म परेको थियो ।

माइक्रोसफ्टले उक्त समस्या साइबर आक्रमणका कारण नभई प्राविधिक त्रुटिका कारण भएको स्पष्ट पार्दै माफी मागेको बिबिसिले जनाएको छ । कम्पनीले सेवाको माग अत्यधिक भएकाले क्रमिक रूपमा सेवा पुनःस्थापना गरिएको जनाएको छ ।

प्रविधि रणनीतिकार वाल्टर पास्क्वारेलीले यस घटनाले सरकार, व्यवसाय र अत्यावश्यक पूर्वाधारहरू प्रविधिमाथि कति निर्भर छन् भन्ने देखाएको बताएका छन् । उनका अनुसार भविष्यमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीलाई इमेल, क्यालेन्डर र फाइलसँग जोड्दै जाँदा यस्ता अवरोधको प्रभाव अझ व्यापक हुन सक्छ ।

पूर्व सफ्टवेयर इन्जिनियर गेर्गेली ओरोस्जले यस्ता प्राविधिक अवरोध नयाँ नभए पनि सेवा पुनःस्थापना गर्न लागेको लामो समय असामान्य भएको टिप्पणी गरेका छन् ।

उनले केही ठूला अमेरिकी प्रविधि कम्पनीमाथिको विश्वव्यापी निर्भरता कम गर्न क्षेत्रअनुसार सेवा प्रणाली विभाजन गर्नुपर्ने सुझाव दिएका छन् ।

माइक्रोसफ्टले घटनाबारे आन्तरिक समीक्षा गरिरहेको र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका कदम चाल्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्राविधिक समस्या सुरु भएको कैयौँ घण्टापछि पनि आउटलुक इमेल, टिम्स म्यासेजिङ एप र माइक्रोसफ्ट ३६५ का अन्य सेवाहरू ठप्प रहे। रोयटर्सका अनुसार, माइक्रोसफ्टले आफ्नो पछिल्लो अपडेटमा सेवाहरू सुधार गर्न र यस समस्यालाई समाधान गर्न गरिएका परिवर्तनहरूले अपेक्षाअनुसार काम गरिरहेका छैनन् भनी बताएको छ। कम्पनी समस्या समाधान गर्न अन्य विकल्पहरूको खोजी गरिरहेको छ। यसको उद्देश्य सकेसम्म धेरै ...
। माइक्रोसफ्टका विभिन्न सेवामा बिहीबार विश्वव्यापी रूपमा कनेक्टिभिटी समस्या देखिएको छ । कम्पनीका टिम्स, आउटलुक र एआई सफ्टवेयर कोपाइलट प्रयोगकर्ताहरूले सेवा सञ्चालनमा समस्या आएको भन्दै गुनासो गरेका छन् । समस्या देखिएपछि माइक्रोसफ्टले सेवा सामान्य अवस्थामा फर्काउन प्राविधिक टोली सक्रिय रहेको जनाएको छ । कम्पनीका अनुसार आफ्नो पूर्वाधारको एक भागमा अत्यधिक भार परेका कारण कनेक्टिभिटी समस्या उत्पन्न ...
। कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ । कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड २०८० मा सम्झौता भई २०८२ मै सकिनुपर्ने थियो। तर रुख कटान र जग्गा भोगाधिकारको गोलचक्करमा परेर ७० प्रतिशत भौतिक प्रगतिमै अल्झिएको छ। म्याद थप गर्दासमेत ३० प्रतिशत काम बाँकी छ। सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनबाट ...
। युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको नि:शुल्क एआई तालिममा ६८ हजारको आवेदन परेको छ । मन्त्रालयका अनुसार ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रोम्प इन्जिनियरिङ’ विषय तालिमका लागि ६८ हजार भन्दा बढीको आवेदन परेको हो । सुरुमा दुई हजार युवालाई लक्षित गरी योजना गरिएको उक्त तालिममा अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएको ...
: मुख्य पर्यटनको सिजनका बेला मनास्लु क्षेत्र ४ दिनदेखि सञ्चार सम्पर्कविहीन भएको छ। मनास्लु क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१, २, ४ र ५ का दर्जनौं गाउँबस्तीमा गत बिहीबारदेखि मोबाइल तथा फोरजी सेवा ठप्प रहेको त्यहाँका बासिन्दाले बताएका छन्। मोबाइल तथा इन्टरनेट चलाउन नपाउँदा स्थानीयवासी तथा भ्रमणका क्रममा त्यहाँ पुगेका विदेशी पर्यटकलाई समस्या भएको छ। ‘जटिल भौगोलिक अवस्था ...