मुख्य समाचार
सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभरका सबै हवाई उडान रोकिए
सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभरका सबै हवाई उडान रोकिए

: अमेरिकाको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा सञ्चारसम्बन्धी समस्या देखिएपछि देशभरका सबै हवाई उडान रोकिएका छन् ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार असाधारण परिस्थिति र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान रोक्ने आदेश दिएको हो ।

एफएएका अनुसार देशभर उडान सञ्चालन गर्ने विमानहरूको निगरानी तथा व्यवस्थापन गर्ने एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा सञ्चार समस्या देखिएको छ । पछिल्लो जानकारीअनुसार उडान रोक्नुको कारण अस्थायी दूरसञ्चार अवरोध रहेको प्रशासनले जनाएको छ ।

अमेरिकी यातायातमन्त्री सिन डफीले प्राविधिक टोली समस्या समाधानका लागि परिचालित भएको बताएका छन्। यता, गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले समस्या समाधानका लागि निश्चित समयसीमा तय नभएको बताएका छन् । उनका अनुसार एक घण्टाभित्रै समस्या समाधान हुने अवस्था छैन ।

अमेरिकी अधिकारीहरूले उक्त घटनामा राष्ट्रिय सुरक्षामाथि कुनै खतरा नरहेको र प्रारम्भिक जानकारीअनुसार साइबर आक्रमण पनि नभएको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराइएको छ ।

एफएएका अनुसार आकाशमा उडिरहेका सबै विमानको अवस्थाबारे जानकारी लिइएको छ । अन्तर्राष्ट्रिय उडानलाई भने परिस्थितिअनुसार छुट्टाछुट्टै निर्णय गरेर व्यवस्थापन गरिनेछ ।

अमेरिकाको प्रमुख विमान सेवा कम्पनी अमेरिकन एयरलाइन्सले उडान रोक्ने आदेश कायम रहेसम्म दिनभर नै उडान प्रभावित हुन सक्ने जनाएको छ । उडान रोक्ने आदेश हटेपछि यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन सबै स्रोत परिचालन गर्ने कम्पनीको भनाइ छ। यसअघि नै आकाशमा रहेका विमानले भने आफ्नो गन्तव्यसम्मको यात्रा जारी राख्न सक्नेछन् ।

अमेरिकामा यसअघि सन् २०२३ जनवरीमा विमान चालकलाई आवश्यक सूचना दिने प्रणालीमा समस्या आएपछि देशव्यापी रूपमा उडान रोकिएको थियो । त्यसअघि सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि अमेरिकाभरका उडान रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक तथा पूर्व अध्यक्ष ललित मोदीले बेलायती नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले बेलायती नागरिकता पाएको जानकारी दिँदै खुसी व्यक्त गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले शनिबार अक्सफोर्ड युनिभर्सिटीमा आयोजित कार्यक्रममा आफूले बेलायती नागरिकता प्राप्त गरेको खुलासा गरेका हुन् । उनले गत सेप्टेम्बर १५ मै नागरिकता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा एनभिडिया प्रकरणलाई लिएर विवाद चर्किँदै जाँदा वाणिज्यमन्त्री हावर्ड लटनिकमाथि दबाब बढेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उच्च क्षमताका एआई चिप्सको निर्यात नियन्त्रणमा उचित निगरानी गर्न नसकेको भन्दै लटनिक नेतृत्वको वाणिज्य विभागमाथि प्रश्न उठाएका छन् । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ एक व्यवसायीसँगको कथित प्रेम सम्बन्ध सार्वजनिक भएपछि पदबाट ...
: अमेरिकी वार्ताकारहरूले युक्रेनलाई नेटो सदस्यता दिने बदलामा पूर्वी क्षेत्र डोनबासबाट आफ्ना बाँकी सेना फिर्ता बोलाउने प्रस्ताव अघि सारेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुलासा गरेका छन् । शनिबार सार्वजनिक गरिएको आफ्नो भनाइमा जेलेन्स्कीले अमेरिकाले पहिलोपटक यस्तो प्रस्ताव उठाएको बताएका हुन् । उनका अनुसार अमेरिकाले युक्रेन नेटोको सदस्य बनेमा डोनबास क्षेत्रबाट सेना फिर्ता गर्न तयार हुन्छ कि ...
— अस्ट्रेलियाको मेलबर्न सहरको व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन् । कर्मचारीलाई उचित पारिश्रमिक नदिएको र कर तथा अवकाश बचतसम्बन्धी कानुनी दायित्व पूरा नगरेको आशंकामा सरकारी अधिकारीहरूले ३ दिनसम्म विशेष अनुगमन गरेका हुन् । अस्ट्रेलियन ट्याक्सेसन अफिस (एटीओ) र फेयर वर्क ओम्बड्सम्यानका अधिकारीहरू सहभागी संयुक्त टोलीले ...
— टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्किएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको मारमा परेका मुलुकको ऋण मिनाहा गर्न तथा जलवायु अनुकूलन र पुनरुत्थानका लागि अनुदान उपलब्ध गराउन माग गरेका हुन् । प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै नेपालको नागरिक ...