मुख्य समाचार
गगन थापाकै कारण गत चुनावमा कांग्रेसको सिट संख्या खुम्चिएको
गगन थापाकै कारण गत चुनावमा कांग्रेसको सिट संख्या खुम्चिएको

: नेपाली कांग्रेस (देउवा पक्ष) का नेता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले गगन थापाकै कारण गत चुनावमा कांग्रेसको सिट संख्या खुम्चिएको बताएका छन्।

शनिबार नुवाकोट क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै महतले पार्टीको मर्म र भावना नबुझ्नेहरूका कारण चुनावमा कांग्रेस कमजोर भएको उल्लेख गरे। कांग्रेसको विशेष महाधिवेशनबाट आएका सभापति थापाप्रति लक्षित गर्दै उनले प्रतिनिधि सभामा सिट सीमित हुन पुग्नु दुर्भाग्यपूर्ण रहेको बताए। ‘शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा गएको भए पार्टीले सजिलै ५५ सिट हासिल गर्ने थियो,’ उनले भने।

डा. महतले नियमित महाधिवेशनपछि कांग्रेसमा सबै पक्ष एकताबद्ध हुने दाबीसमेत गरे। कांग्रेसलाई विभिन्न पक्षबाट आक्रमण तथा षड्यन्त्र भइरहेको उल्लेख गर्दै महतले पार्टीलाई व्यक्तिवादी नभई सिद्धान्तनिष्ठ, विधिसम्मत र संस्थागत संस्कारअनुसार चल्ने बनाउनुपर्नेमा जोड दिए।

विशेष महाधिवेशन पक्षधरले पार्टीमा विचार, विधान र संस्कारलाई प्राथमिकता नदिएको आरोप लगाउँदै नियमित महाधिवेशनबाट यी सबै कुराको अन्त्य हुनेसमेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत नलिँदै राजीनामा दिने घोषणा गरेका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । गत मंसिर १९ गते मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका यादवले विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा घोषणा गरेका हुन् । सभामुख रामअशिष ...
: बागमती प्रदेशको राजधानी हेटौंडामा प्रहरीले हवाई फायर गरि पेस्तोलसहित २ जनालाई नियन्त्रणमा लिएको छ। आज दिउँसो सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुर र सशस्त्र ईन्टेलिजेन्स ब्यूरोबाट खटिएको संयुक्त टोलीले बा.प्र.०३-००१ ह ११८१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो भाग्न खोज्दा ब्यूरोबाट खटिएको टोलीले १ राउण्ड हवाई फायर गरी २ जनालाई नियन्त्रणमा ...
: कोप-३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश फर्किएका छन्। तुर्कीएको अन्ताल्यामा आयोजित विश्व सम्मेलनमा भाग लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटमा उनले नेपालले हिमाल र जलवायु परिवर्तनका मुद्दाहरूलाई विश्वमञ्चमा अत्यन्तै सशक्त र प्रभावकारी ढङ्गले उठाएको बताएको छ। विश्वमञ्चमा नेपालका प्रमुख माग र एजेन्डा परराष्ट्रमन्त्री खनालले कोप-३१ ...
: नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापना गर्ने योजना अघि सारेको छ। आगामी पाँच वर्षभित्र वार्षिक पाँच लाख टन हरित युरिया (ग्रिन युरिया) उत्पादन गर्ने लक्ष्यसहित सरकारले स्वदेशी तथा विदेशी लगानीकर्ता र प्रविधि प्रदायकलाई लगानीका लागि आह्वान गरेको हो। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) अन्तर्गत टर्कीको ...
: छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ। छठपूजा व्यवस्थापन समितिले शनिबार साँझ पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको व्यवस्थापन र सजावटको सबै काम पुरा भएको जानकारी गराए। उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि २७ लाख रुपैयाँ खर्च ...