: बागमती प्रदेशको राजधानी हेटौंडामा प्रहरीले हवाई फायर गरि पेस्तोलसहित २ जनालाई नियन्त्रणमा लिएको छ।
आज दिउँसो सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुर र सशस्त्र ईन्टेलिजेन्स ब्यूरोबाट खटिएको संयुक्त टोलीले बा.प्र.०३-००१ ह ११८१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो भाग्न खोज्दा ब्यूरोबाट खटिएको टोलीले १ राउण्ड हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका -६ नयाँ बस्तीका २७ वर्षीय सुन बहादुर तामाङ्ग र २२ वर्षीय विश्वराज तामाङलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले ७.६५ मि.मि. क्यालिवर भएको सेमी अटोमेटिक पेस्तोल नाल १ थान ऐ.म्या.-१ र पिन्दीमा चोट भएको (७.६५मि.मि) राउण्ड -१ फेला पारेको छ। नियन्त्रणमा रहेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धानको भइरहेको जनाएको छ।