मुख्य समाचार
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत नलिँदै राजीनामा दिने घोषणा
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत नलिँदै राजीनामा दिने घोषणा

: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत नलिँदै राजीनामा दिने घोषणा गरेका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

गत मंसिर १९ गते मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका यादवले विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा घोषणा गरेका हुन् ।

सभामुख रामअशिष यादवले विश्वासको मत माग्न समय दिएकोमा रोष्टममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आफू पदमा रहेको समयको उपलब्धि सुनाउँदै राजीनामाको घोषणा गरेका हुन् ।

सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ महापर्व नेपाली समाजको एक अद्वितीय सांस्कृतिक अनुष्ठान भएको बताएका छन्। छठ महापर्व, २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै यादवले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। छठले मानव, प्रकृति र सृष्टिबिचको गहिरो सम्बन्धलाई जीवन्त रूपमा अभिव्यक्त गर्ने यादवको भनाइ छ। सूर्यलाई प्रत्यक्ष जीवनदाता ...
: दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेकोप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्। नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले व्यवसायिक उत्पादन बैशाखदेखि नै हुनुपर्नेमा सरकारले प्रक्रिया अगाडि नबढाएको भन्दै आपत्ति जनाएका हुन्। उनले खानीबाट नेपालले अर्बौं लाभ लिन सक्ने भएपनि सरकारले काम रोकेको ...
: नुवाकोटको पूर्वी भेगमा रहेको तादीखोलामा शनिबार बेलुकी एक बालक मृत अवस्थामा फेला परेका छन्। उनी शुक्रबारदेखि घरबाट हराइरहेका थिए। पञ्चकन्या गाउँपालिका–२, बेसीकठेरीस्थित तादीखोलामा ५ वर्षीय सज्जल राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। शुक्रबार बेलुकी ४ बजेदेखि हराइरहेका राईको शव फेला परेपछि विशेष रूपमा अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक ...
: बागमती प्रदेशको राजधानी हेटौंडामा प्रहरीले हवाई फायर गरि पेस्तोलसहित २ जनालाई नियन्त्रणमा लिएको छ। आज दिउँसो सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुर र सशस्त्र ईन्टेलिजेन्स ब्यूरोबाट खटिएको संयुक्त टोलीले बा.प्र.०३-००१ ह ११८१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो भाग्न खोज्दा ब्यूरोबाट खटिएको टोलीले १ राउण्ड हवाई फायर गरी २ जनालाई नियन्त्रणमा ...
: नेपाली कांग्रेस (देउवा पक्ष) का नेता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले गगन थापाकै कारण गत चुनावमा कांग्रेसको सिट संख्या खुम्चिएको बताएका छन्। शनिबार नुवाकोट क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै महतले पार्टीको मर्म र भावना नबुझ्नेहरूका कारण चुनावमा कांग्रेस कमजोर भएको उल्लेख गरे। कांग्रेसको विशेष महाधिवेशनबाट आएका सभापति थापाप्रति लक्षित गर्दै उनले प्रतिनिधि ...