मुख्य समाचार
नेपाल आएका एक भारतीय नागरिक ३.५ किलोग्राम थाई गाँजासहित पक्राउ
नेपाल आएका एक भारतीय नागरिक ३.५ किलोग्राम थाई गाँजासहित पक्राउ

: भारतको दिल्लीबाट नेपाल आएका एक भारतीय नागरिक ३.५ किलोग्राम थाई गाँजासहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमानलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

विमानस्थलमा शंकास्पद यात्रुको निगरानी गर्ने क्रममा प्रहरीले जाँच गर्दा उनले बोकेको झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर राखेको ३.५ किलोग्राम थाई गाँजा फेला परेको ब्युरोले जनाएको छ।

प्रहरीले उनको साथबाट एक थान राहदानी र एक थान मोबाइलसमेत बरामद गरेको छ। पक्राउ परेका सलमानमाथि ब्युरोले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जयन्ती मेमोरियल ट्रस्टले नेपालमा मुटुरोगको उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित स्थापना भएको २५ वर्ष पूरा गरेको छ । सन् २००१ अगस्टमा स्वर्गीय राजकुमारी जयन्ती शाहको स्मृतिमा स्थापना भएको ट्रस्टले दुई दशकभन्दा बढी समयदेखि आर्थिक तथा भौगोलिक रूपमा स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका बिरामीलाई मुटुसम्बन्धी उपचारमा सहयोग गर्दै आएको छ । ट्रस्टका अध्यक्ष श्रृजना राणाका अनुसार यस ...
— प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद आइतबार १२ दिने चीन भ्रमणमा निस्किएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा गएको टोलीले दुई देशबीच पार्टीगत सम्बन्ध विस्तार, लगानीका अवसर र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने रास्वपाका नेताहरूले बताएका छन् । भ्रमणको नेतृत्व सुरुमा रास्वपा सभापति रवि ...
— क्षेत्रीय कारागार भीमफेदीका ५१ जना कैदीबन्दी छठ पर्व मनाउने तयारीमा जुटेका छन् । भीमफेदी कारागारमा कैदीबन्दीले छठ पर्व मनाउन लागेको यो पहिलो पटक हो । विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा रहेका एक महिलासहित ५१ जना कैदीबन्दीले कारागारभित्रै छठ पर्व मनाउन लागेका हुन् । तीनवटा ब्लक रहेको उक्त कारागारमा ‘क’ ब्लकका ...
— चीन भ्रमणका क्रममा दुई देशको आपसी सम्बन्धका विषयमा मात्रै केन्द्रित हुन सत्तारूढ रास्वपा सभापति रवि लामिछानेले आफ्ना सांसदलाई निर्देशन दिएका छन् । महामन्त्री विपिन आचार्यको नेतृत्वमा आइतबारदेखि १२ दिने चीन भ्रमणमा जान लागेका रास्वपाका २० सदस्यीय संसदीय प्रतिनिधिमण्डलसँग शनिबार छलफल गर्दै पार्टी सभापति लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीसँग रास्वपाको सम्बन्ध र त्यहाँको विकासलगायत विषयमा अध्ययन गर्न ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको स्वेच्छाचारिता र अधिनायकवादी प्रवृत्तिविरुद्ध आन्दोलनमा उत्रिन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । एमाले सिद्धियो भन्ने भाष्य चिर्नसमेत आन्दोलन र निर्वाचन दुवै मोर्चाबाट पार्टीको शक्ति प्रदर्शन गर्नुपर्ने ओलीले बताएका छन् । बागमती प्रदेश संगठन कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले सरकारका गतिविधिले मुलुकलाई असंवैधानिक बाटोतर्फ लगेको टिप्पणी गरे । उनले आन्दोलनका लागि तयार ...