मुख्य समाचार
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

। नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ ।

एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप)को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशिता सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिँदै पछाडि पारिएका समुदायलाई विकास प्रक्रियामा सहभागी गराउनुका साथै विकासको प्रतिफलमा उनीहरूको पहुँच सुनिश्चित गर्नुपर्ने बताए।

शुक्रबार भएको अधिवेशनमा उनले राष्ट्रिय रोजगार नीति र राष्ट्रिय औद्योगिक नीतिको पुनरावलोकनलगायत नेपालको नीतिगत सुधारका प्रमुख प्रयासबारे जानकारी गराएको ब्याङ्ककस्थित नेपालको राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । आइतबार छठ पर्वका अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री थापामगरले यस्तो बताएका हुन् । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र हो । विविधताबीचको सुदृढ एकता नै हाम्रो ...
। स्थानीय तहको चुनावको मिति बारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलाएको छ । राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई छलफलका लागि मंसिर ४ गतेका लागि डाकिएको निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिए । प्रतिनिधि सभामा ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । प्रतिनिधि सभामा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा ...
— जयन्ती मेमोरियल ट्रस्टले नेपालमा मुटुरोगको उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित स्थापना भएको २५ वर्ष पूरा गरेको छ । सन् २००१ अगस्टमा स्वर्गीय राजकुमारी जयन्ती शाहको स्मृतिमा स्थापना भएको ट्रस्टले दुई दशकभन्दा बढी समयदेखि आर्थिक तथा भौगोलिक रूपमा स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका बिरामीलाई मुटुसम्बन्धी उपचारमा सहयोग गर्दै आएको छ । ट्रस्टका अध्यक्ष श्रृजना राणाका अनुसार यस ...
— प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद आइतबार १२ दिने चीन भ्रमणमा निस्किएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा गएको टोलीले दुई देशबीच पार्टीगत सम्बन्ध विस्तार, लगानीका अवसर र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने रास्वपाका नेताहरूले बताएका छन् । भ्रमणको नेतृत्व सुरुमा रास्वपा सभापति रवि ...
— क्षेत्रीय कारागार भीमफेदीका ५१ जना कैदीबन्दी छठ पर्व मनाउने तयारीमा जुटेका छन् । भीमफेदी कारागारमा कैदीबन्दीले छठ पर्व मनाउन लागेको यो पहिलो पटक हो । विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा रहेका एक महिलासहित ५१ जना कैदीबन्दीले कारागारभित्रै छठ पर्व मनाउन लागेका हुन् । तीनवटा ब्लक रहेको उक्त कारागारमा ‘क’ ब्लकका ...