मुख्य समाचार
राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट
राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया ४-१० मंसिरसम्म सम्पन्न गरिने भएको छ ।

पार्टीको विधान तथा निर्देशिकाबमोजिम हिमाल, पहाड र तराईको प्रतिशतका आधारमा निर्धारित संख्या र आवश्यक प्रक्रिया पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रगत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गरिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रभित्रका सक्रिय सदस्यहरूमध्येबाट महिला ३ जना, उत्पीडित १ जना तथा आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अपांगता भएका समूहबाट २ जनासहित जम्मा ९ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवाको सहभागिता अनिवार्य रूपमा सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको छ।


गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । पदेन प्रतिनिधिबाहेक अन्य प्रतिनिधि भने सक्रिय सदस्यहरूमध्येबाट छनोट हुनेछन् ।

राप्रपाको केन्द्रीय महाधिवेशन आगामी २६, २७ र २८ मंसिरमा काठमाडौंमा आयोजना हुँदैछ ।

प्रवक्ता श्रेष्ठका अनुसार महाधिवेशनलाई व्यवस्थित, समावेशी र सहभागितामूलक बनाउन विधान तथा निर्देशिकाले तोकेको मापदण्डअनुसार प्रतिनिधि छनोट प्रक्रिया अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाइएका दानबहादुर कार्कीलाई सरकारले सल्लाहकारको पत्र थमाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सल्लाहकार बनाइएको पत्र कार्कीले बुझेका थिएनन् । त्यसपछि सरकारले उनलाई पत्र थमाएको खुलेको हो । उच्च स्रोतका अनुसार १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारीले आईजीपी कार्कीको घरमै पुगेर पत्र थमाएका हुन् । ‘उहाँले ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई ५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार रहेको बताएका छन् । देउवा समूहको ललितपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसका लागि ज्याज दिन तयार रहेको बताएका हुन् । ‘५ पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन,’ पूर्वसभापति देउवाले भने, ‘जुन पार्टीले मलाई ५ पटक प्राइममिनिस्टर ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताएका छन् । छठ मनाउनका लागि सर्लाही पुगेका थापाले पुसको उक्त जानकारी गराएका हुन् । ‘टुंगो गर्न बाँकी छ । अहिलेसम्म मोटामोटी पुसको पहिलो साता जिल्ला अधिवेशन गर्छौ,’ सभापति थापाले भने,‘त्यसपछि थोरै अवधि ३/४ दिन राखेर प्रदेश अधिवेशन गर्छौ ।’ कांग्रेसले जिल्ला र ...
। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए । वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड उनले दिए । त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने उनको ...
। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । आइतबार छठ पर्वका अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री थापामगरले यस्तो बताएका हुन् । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र हो । विविधताबीचको सुदृढ एकता नै हाम्रो ...